सुर्खेत ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले नै अपराधी उम्काएको बताउनु भएकाे छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सहभागी हुन मंगलवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विमानस्थलमा पत्रकारसँगकाे कुराकानीका क्रममा उहाँले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको गम्भीर त्रुटि भएको बताउदै भन्नुभयाे, ‘निर्मला हत्या प्रकरणमा प्रहरीबाटै गम्भीर त्रुटि भएको देखिएको छ’, ‘घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापरवाही तरिकाले अनुसन्धान गरेर अपराधीलाई उम्काएको देखियो ।’
अझै पनि सरकार नडग्मगाएर अनुसन्धान गरिरहेको दाबी गर्दै उहाँले सरकारले ढिलो चाँडो जसरी भएपनि अपराधि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउने बताउनु भयाे ।
‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ,’ मन्त्री ज्ञवालीले भन्नुभयाे, ‘ढिलो चाँडो अपराधी पत्ता लगाएर कारवाहीको दायरामा ल्याएर छोड्छौँ ।’
निर्मला हत्या प्रकरणमा भिआईपीको कनेक्सनबारे पुष्टि नभएकोले भ्रमित नपार्न आग्रह गर्दै उहाँले यदि घटनामा भिआईपीकै कनेक्सन भए कारवाहीको भागेदार हुनुपर्ने बताउनु भयाे ।