सर्वोच्चले दियो पत्रकार चन्दलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश (आदेश-पत्रसहित)

सर्वोच्चले दियो पत्रकार चन्दलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश (आदेश-पत्रसहित)

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, १७ मंसिर ।

हप्ता दिनदेखि महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएका पत्रकार गोपाल चन्दलाई बाटाका म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल सरकार गृहमन्त्रालय, प्रहरीप्रधान कार्यालयलगायत विपक्षीहरुलाई आदेश दिएको छ ।

३ नम्बर इजलासमा न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा बन्दी प्रत्यक्षीकरण रिट निवदेनमाथि सोमबार बहस भएको थियो । आदेशमा ‘रिट निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? हुनु नपर्ने भए त्यसको कारण र आधार खुलाई यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु’ भनिएको छ । रिटनिवदेनमा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताद्वय कपिलचन्द्र पोखरेल र कान्तीराम ढुंगानाले बहस गरेका थिए ।

पत्रकार चन्दलाई बिनाकारण गिरफ्तार गरी गैरकानूनी ढंगबाट प्रहरी हिरासतमा राखेको भन्दै रिहा गर्न मागसहित भाई रमेश डाँगीले हिजो आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

पोष्टपाटी डटकममा प्रकाशित समाचारलाई लिएर चन्दलाई कार्यक्षेत्रमा समाचार संकलनका क्रममा रहेका बेला गत मंगलबार दिउँसो काठमाडौंंको बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरी महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राख्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ