निर्मला पन्तको हत्यारा पत्ता लगाउने काम सरकारले सकेन, अब ‘जनसरकार’ले गर्छः पुन

निर्मला पन्तको हत्यारा पत्ता लगाउने काम सरकारले सकेन, अब ‘जनसरकार’ले गर्छः पुन

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

काठमाडौं, १७ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीलै बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने र कारवाही गर्ने काम सरकारलै नसकेको जनाउँदै अब त्यो काम जनसरकारले गर्ने बताएको छ ।

आइतबार नेकपाले देशव्यापी रुपमा बालिका निर्मलाको हत्यारा खोजी गरेर कठघरामा उभ्याउन माग गर्दै गरिएको विरोध प्रदर्शन गरेको छ । सोही क्रममा नेकपा कञ्चनपुरले विरोध र्यालीपछि महेन्द्रनगरमा आयोजित ‘निर्मला पन्तको न्यायका लागि जनसभा’मा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले ओली नेतृत्व ‘दलाल संसदीय ससकार’ले निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने बताए । हत्याका दोषीलाई सरकारमा बस्नेहरु जोेगाइरहेको विचार राख्दै दोषीलाई अब जनसकारले गर्ने बताए ।

‘बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने काम सरकारले नसक्ने कुरामा नागरिक प्रष्ट भएका छन् । अब पत्ता लगाउने र जनतामाझ् ल्याएर कारवाही गरेर देखाउने जनसरकारले गर्छ’ नेता पुनले भने ‘दलाल सत्ताको बेला ५० वर्षसम्म मिलाउन नसकेको मुद्दा जनयुद्धका बेला २ घण्टामा मिलाएको र बीसौं वर्षसम्म पत्ता लगाउन नसकेका अपराधी दुई घण्टामा पत्ता लगाएको अनुभव हामीसँग छ ।’

दोषी खोजी गर्ने काम नेकपाले थालिसकेको र यसमा सहयोग गर्न भन्दै उनले सुरक्षाकर्मीसँग अपिल समेत गरे । घटनाका बेला खटिएका सुरक्षाकर्मीलाई दोषी कहाँ छन् ? को हुन् ? भन्ने जानकारी पाएरपनि लुकाउन बाध्य पारिएको भएको नेता पुनको भनाई थियो । ‘दलाल सरकारको काम भनेको सक्कलीलाई छाडेर नक्कली दोषी खडा गर्ने र सोझा नागिरकलाई खाल्डोमा पार्ने षडयन्त्र हौ । त्यसको डटेर प्रतिवाद गर्न सबै एकजुट हुनुको विकल्प छैन ।’

नेकपाले जनपरिषद् गठन गरेर जनयुद्धका बेला जनसत्ताले गर्ने गरेको गाउँबस्तीमा कामकारवाही गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ