खाेटाङकाे दुर्छिममा एकाबिहानै अागलागी, सात लाखकाे क्षती

खाेटाङकाे दुर्छिममा एकाबिहानै अागलागी, सात लाखकाे क्षती

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

खाेटाङ, १७ मंसिर ।

खोटाङमा साेमबार बिहान अागलागी भएकाे छ ।खाेटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित मौलबहादुर राईको घरमा सोमबार विहान आगजनी भएको हाे ।

बिहान दुई बजेतिर राइकाे  घरको धुरीबाट आगजनी सुरु भएको अागलागीका कारण सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएकाेछ । दुर्छिममा पछिल्लो २ सातामा चार घर आगजनी भइसकेको छ । गत मंसिर १० गते शिरहर्क राई र कैलाश राईको, मंसिर ८ गते दहशेर राईको र कार्तिक २८ गते सुरेश राईको घरमा आगजनी भएको थियो ।

गाउँमा लगातार आगजनीको घटना बढ्न थालेपछि स्थानीयबासी भने कसैले नियतबस आगो लगाएको आशंका गर्न थालेका छन् । स्थानीय र प्रहरीले गस्ती गरे पनि श्रृङ्खलाबद्ध आगजनी नरोकिएपछि सर्बसाधारण चिन्तित बनेको स्थानीय तामन राईले बताउनुभयो ।

अहिलेसम्म आगजनी भएका सबै घरमा एउटै प्रकृतीबाट आगलागी भएकाले यसको गम्भीर अनुसन्धान गर्न उनीहरुले माग समेत गरेका छन् । प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने जाडोको समयमा पनि आगजनीको संभावना रहने र त्यसका लागी सबै सचेत हुनु पर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ