आज अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं,  १७ मंसिर ।  अाज २७ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनिविभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘अपांगता भएका व्यक्तिको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने मूल अन्तर्राष्ट्रिय नारा तथा ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

अपांगता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रुपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपांगता वर्षका रुपमा घोषणा गरेको थियो ।

सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो ।

नेपालमा सन् २०१३ बाट यो दिवस मनाउन थालिएको यो हो । राष्ट्रिय जनगणनाअनुसार नेपालमा करिब ५ लाख अपांगता भएका व्यक्ति छन् ।

विश्व बैंक र विश्व स्वास्थ्य संगठनले सन् २०११ मा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वको कूल जनसंख्याको १५ प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको अपांगता रहेको उल्लेख छ ।

अपांगता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतल शुभकामना सन्देश जारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ