बाबुरामकाे ट्वीटः राजधानीका पोलमा आफ्नो तस्वीर टाँस्नुकाे साटाे निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीलार्इ सुझाव

बाबुरामकाे ट्वीटः राजधानीका पोलमा आफ्नो तस्वीर टाँस्नुकाे साटाे निर्मलाको बलात्कारी र हत्यारा पत्ता लगाउन प्रधानमन्त्रीलार्इ सुझाव

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, मंसिर १७ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले  राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् ।

सोमबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘प्रमलाई सानो सुझाव– आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ईश्वरका छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् त ! प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै पर्दैन ।’

यसअघि उनले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र प्रधानमन्त्रीलाई दिइएको सम्मानबारे टिप्पणी गरेका थिए ।

आइतबार साँझ उनले यस विषयमा ट्वीट गर्दै भनेका छन्, ‘पुराना कमरेड चित्र ब केसीको उखान सापटी लिएर भन्दा– बिरालोलाई खास्टोले छोपे पनि आखिर म्याऊ गरिहाल्छ रे ! यस्तो सरकारी तामझामसहित एउटा धार्मिक एनजिओको कार्यक्रम गरेको त प्रमलाई असल नेतृत्व र सुशासन निम्ति करोड रु. भन्दा बढीको पुरस्कार दिन पो रहेछ ! ईश्वसका दूत भन्नेले भनेपछि मान्नै परो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ