काठमाडौं, १६ मंसिर ।
पत्रकार गोपाल चन्दको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।
पोष्टपाटी डटकममा प्रकाशित समाचारको विषयलाई लिएर चन्दलाई कार्यक्षेत्रमा समाचार संकलनका क्रममा रहेका बेला यही मंसिर ११ गते मंगलबार दिउँसो काठमाडौंको बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरी महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राख्दै आइरहेको छ ।
पत्रकार चन्द पोष्टपाटी डटकमका प्रधान सम्पादक हुन् । बिनाकारण गिरफ्तार गरी गैरकानूनी रुपमा हिरासतमा थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै उनका रमेश डाँगीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
रिटमा नेपाल सरकार गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, टेकु परिसरलाई विपक्षी बनाइएको छ । पत्रकार चन्दको स्थायी ठेगाना रोल्पा हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
