मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

  • आइतवार, मंसिर १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

सुर्खेत, १६ मङ्सिर।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्नुभएको छ ।

शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे१ख ८४९ नंको बस दुर्घटनामा परी ज्यान गुमाउने लेकबँेसी नगरपालिका–८ सुर्खेतका ४० वर्षीय जानकी दर्लामी र २२ वर्षीय देउमाया वन्काटीप्रति उहाँले शोक व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीद्वारा जारी शोक वक्तव्य भनिएको छ, “केही समययता भइरहेका शृङ्खलावद्ध दुर्घटनाहरु र त्यसबाट भइरहेको जनधनको क्षतिले आफूलाई चिन्तित तुल्याएको छ । शनिबार दुर्घटनामा ज्यान गुमाउनेको मृतात्माको चीर शान्तिको कामनाका साथै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

मुख्यमन्त्री शाहीले शनिबार राति नै बस दुर्घटनाका घाइतेलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । घाइतेका आफन्तले अस्पतालबाट उपचारमा लापरवाही भएको गुनासो गरेपछि मुख्यमन्त्री शाही अस्पताल पुगेर उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ