‘परम्परागत खेतीबाट माथि उठ्नुस्’: मन्त्री पौडेल

‘परम्परागत खेतीबाट माथि उठ्नुस्’: मन्त्री पौडेल

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

रुकुम, १५ मङ्सिर। 

प्रदेश नं ५ का भूमि व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि क्षेत्रमा अगाडि बढ्न कृषकले परम्परमगत खेती प्रणालीबाट माथि उठ्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार पशुपालक कृषि उद्यमी तथा वित्तीय संस्थासँग सहकार्यका लागि गरिएको छलफलमा मन्त्री पौडेलले अहिलेको कृषि पेशा निर्वाहमुखी मात्र भएको बताउनुभयो । उहाँले कृषि पेशालाई व्यावसायीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा उहाँले उत्पादन क्षेत्रको आधारमा जिल्लाका विभिन्न ठाउँलाई तरकारी, फलफूलखेती र पशुपालनको पकेट क्षेत्र घोषणा गरिएको जानकारी गराउनुभयो ।

“रुकुम (पूर्व) उत्पादनको हिसाबले धेरै सम्भावना बोकेको जिल्ला हो, जिल्लालाई बीउ उत्पादन क्षेत्रका रूपमा पनि चिनाउन सकिन्छ”, मन्त्री पौडेलले भन्नुभयो, “तपाईंहरु काम गर्नुस्, हामी बाटो देखाउँछौँ, खाडी मुलुक जाने सपना देख्न छाड्नुस् ।”

जिल्लामा पशुचौपाया तथा फलफूल अन्नबालीको बीमा गर्नेको सङ्ख्या न्यून रहेको पशुसेवा केन्द्रका प्रमुख धर्मराज गिरीले बताउनुभयो । “कृषकलाई बीमासम्बन्धी ज्ञानको अभाव छ,” उहाँले भन्नुभयो । बीमित पशु, फलफूल तथा अन्नबालीमा क्षति पुगेमा ९० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । बीमा जोखिम बहन गर्ने मुख्य थलो भएको पशु चिकित्सक डा शिवलाल भुसालको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी