‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडाैं, १५ मङ्सिर । 

शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ– मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । च्यासल चार खेलमा एक जित, दुई हार र एक बराबरीसहित चार अङ्क जोडेर तालिकाको आठौँ स्थानमा छ । सङ्कटा नौ अङ्कसहित छैटौं स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा शत प्रतिशत जित निकाल्न सफल अङ्क तालिकाको पहिलो स्थानमा रहेको मनाङ र विदेशी खेलाडीको प्रदर्शनमा राम्रो प्रदर्शन गरिरहेको सरस्वतीबीच भिडन्त हुनेछ । सरस्वती क्लब सातौँ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ