आरोह बने जनसाँस्कृतिक महासंघको उपत्यका ब्युरो संयोजक, सेन–च्याङ परिवार घोषणा

आरोह बने जनसाँस्कृतिक महासंघको उपत्यका ब्युरो संयोजक, सेन–च्याङ परिवार घोषणा

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं, १५ मंसिर ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ उपत्यका ब्युराको संयोजकमा आरोह नेपाली चयन भएका छन् । शुक्रबार काठमाडौं सम्पन्न भएको विशेष भेलाले महासंघको उपत्यका ब्यूरो संयोजकमा जनकलाकार आरोह नेपालीलाई संयोकजकमा चयन गरेको हो । ब्यूरो १९ सदस्यीय गठन गरिएको छ ।

आरोह सामना साँस्कृतिक परिवारमा लामो समयदेखि आवद्ध रही सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनले जनपक्षीय र क्रान्तिकारी परिवर्तनको पक्षलाई समेटेर विभिन्न एल्बम निकाल्दै आएका छन् । उक्त ब्यूरोका सदस्यहरुमा मुक्तान थेवा, सागर बीसी, सर्जक, लक्ष्मण श्रेष्ठ, रमण थामी, बुद्ध, भरत परियार, हरि, कृष्ण, विवेक चलाउने, राम परियार, चन्दन, सुष्मा राई, चन्द्रकला भट्टराईलगायत चयन छन् ।

त्यस्तै सोही ब्यूरोअन्तर्गत रहने गरी सेन–च्याङ साँस्कृतिक परिवार पनि घोषणा गरेको छ । हिजै सोही भेलापछि आयोजित एक विशेष कार्यक्रमबाट बुद्ध लामाको नेतृत्वमा ९ सदस्यीय सेन–च्याङ साँस्कृतिक परिवार गठन गरिएको हो । परिवारका सदस्यहरूमा राम परियार, दिलीप सुनार, निरमा, राकेश, देवीलगायत छन् ।

भेलाका प्रमुख अतिथि अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलिया रहेका थिए । अब देशमा जनताको अधिकार र देशको स्वाधीनताको पक्षमा गीत लेख्ने, गाउने र संगीत भर्ने अनि कलम चलाउने जनताको कलाकारको आवश्यकता तीव्र बन्दै गएको र यसलाई परिपूर्ति गर्ने जिम्मेवारी जनसाँस्कृतिक महासंघले निर्वाह गर्नुपर्ने बताए ।

भेलाबाट चयन भएका सम्पूर्ण जनकलाकारहरुले नेपाली क्रान्ति र जनताको अधिकारको पक्षमा निरन्तर कर्तव्य निर्वाह गर्नुपर्ने भन्दै नेकपाले लिएको एकीकृत जनक्रान्तिको उद्देश्य र कार्यनीतिलाई सफल तुल्याउन हरतरहले लाग्न समेत महासचिव थपलियाले निर्देशन दिएका थिए ।
भेलामा अखिल नेपाल चलचित्रकर्मी सङ्घका संयोजक विवेक सापकोटा, अखिल नेपाल लोक कलाकर्मी संघका संयोजक ढुण्डीराज अधिकारी र अखिल नेपाल लेखक संघका कोषाध्यक्ष प्रतिवद्ध लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

जनयुद्धका महान सहिद कृष्ण सेन ‘इच्छुक’ र च्याङवा लामाको स्मृतिमा डेढदशक अघि स्थापना गरिएको सेन–च्याङ साँस्कृतिक परिवार शान्तिप्रक्रियापछि अलपत्र परेको बेला यो घोषणा गरिएको हो । जनसाँस्कृतिक महासंघ नेकपानिकट जनवर्गीय संगठन हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ