नेकपाको जनवर्गीय संगठनमा समानान्तर कमिटीको हल्ला भ्रामकः ईन्चार्ज जीवन्त

नेकपाको जनवर्गीय संगठनमा समानान्तर कमिटीको हल्ला भ्रामकः ईन्चार्ज जीवन्त

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, १५ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’ले पार्टीको जनवर्गीय संगठनमा समानान्तर कमिटी नरहेको प्रष्ट पारेका छन् ।

केही दिनदेखिन संचारमाध्यम र सामाजिक सञ्जालमा जवसमा समानान्तर कमिटी बनेको उल्लेख भएर समाचार आइरहेको बेला ईन्चार्ज जीवन्तले सो कुराको स्पष्ट पारेका हुन् ।

जीवन्तले केही अनलाइन, फेसबुक तथा व्यक्तिबाट आइरहेको गलत समाचारहरु पूर्णरुपमा भ्रामक र झुठ भएको बताए । केही अनलाइन मिडियामा अनधिकृत रुपमा निरन्तर झुठा समाचार आइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनको प्रतिक्रिया छ ।
समानान्तरको हल्ला फैलाएर दुश्मनको सेवा गर्ने गरिरहेकोले त्यस्ता हास्यास्पद र भ्रामक समाचारबाट मुक्त हुन सबैप पक्षसँग आग्रह गरिएको छ ।

नेकपाको सही कार्यदिशा देखेर देशभर तीव्र गतिमा बढिरहेको आकर्षण र सहयोगसमर्थनबाट अत्तालिएका तत्वहरुबाट पार्टीको बद्नाम गराउने र एकीकृत जनक्रान्तिप्रति उर्लिएकोे जनलहरलाई नजरअन्दाज गर्ने कुत्सित उद्देश्यले उक्त भ्रामक समाचार सिर्जित गरिएको भन्दै ईन्चार्ज जीवन्तले दुःख व्यक्त गरेका छन् ।

नेकपाको जवसमा अहिलेसम्म कहीँपनि र कोही कसैले समानान्तर कमिटी नबनाएको र बरु त्यसबारे गलत तत्वहरुबाट अनर्गल प्रचारहरु गरिरहेको उनले बताए । विशेषगरी जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघ र क्रान्तिकारी पत्रकार संगठनको विषयलाई लिएर सार्वजनिक रुपमा भइरहेको अनर्गल प्रचारलाई उनले हस्यास्पद बताए ।

संगठन र महासंघको नेतृत्व र पदाधिकारी विषयमा पार्टी हेडक्वाटरमा घनिभूत छलफल भई सर्वसम्मत निर्णयबाट संगठनम्ँ प्रकाश डुम्रे र महासंघमा टीका कँडेलको नेतृत्वमा कमिटी बनेको स्पष्ट पारेका छन् । पार्टीबाट कारवाहीमा परेका र पार्टीमा कुनै किसिमका सदस्य नै नभएका मान्छेहरु यस्ता अनर्गल प्रचार आउनु नियोजित षडयन्त्र भएको बताउँदै यस्ता भ्रामक र कपोलकल्पित समाचारहरु तत्काल बन्द गरेर जिम्मेवारी र जवाफदेही बन्न संचार गृहहरुलाई आग्रह गरेका छन् ।

नेकपाले उठाएको राजनीतिक एजेण्डा र संघर्ष नयाँ उचाइमा पुग्दै गरेको देखेर असह्य बनेको खराब पात्रहरुले योजनावद्ध ढंगले समानान्तर कमिटीको हौवा पिटेर पार्टीलाई कमजोर बनाउने हर्कत भइरहेको भन्दै यसबाट सचेत रहन पनि नेता कार्यकर्ता र संगठनहरुसँग आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ