गोरखा, १४ मंसिर ।
शैक्षिक भ्रमणका लागि गोरखा आएको रिजर्ब बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ ।
गोरखा नगरपालिका–१२ शिखरडाँडामा शुक्रवार दिउँसो ग१ख ६३९५ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँका ९ वर्षीय बालक प्रिन्स थापाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो ।
सन्त जोसेफ बिद्यालयबाट घर र्फकने क्रममा विद्यालयको बसबाट ओर्लेर सडक पार गर्दै गर्दा गोरखा सदरमुकामबाट पोखरा र्फकदै गरेको बसले थापालाई ठक्कर दिएको थियो । बस विद्यार्थी बोकेर आजै बिहान गोरखा पुगेको थियो ।
चालक र सवारी प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline