काठमाडौं, १३ मंसिर ।
क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजनामा काठमाडौंमा संचालित ३ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।
मंसिर १० देखि १२ गतेसम्म राजधानीमा चलेका उक्त तालिममा देशभरबाट ७० जनाभन्दा बढी सहभागी भएका थिए । तालिममा आधारभूतदेखि फिल्ड रिपोर्टिङ तथा खौज लगायत समाचार संकलनसम्बन्धी तालिम दिइएको थियो । साथै संचारसम्बन्धी उजुुरी तथा विवादबारे हेर्ने सरकारको आधिकारिक निकाय पेस काउन्सिल नेपाल र पत्रकार महासंघले निर्धारण गरिएको पत्रकारितासम्बन्धी आचारसंहिताबारे प्रशिक्षण दिइएको थियो ।
मोदनाथ ढकाल, उजिर मगर, टेकनारायण भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगधर पराजुलीलगायतले प्रशिक्षण दिएका थिए ।
संगठनले गत असोज ४ गते दाङको घोराहीबाट शुरु गरेको ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषय देशभर अन्तरक्रिया चलाउँदै आइरहँदाकैबीच यो तालिम सम्पन्न गरेको हो । राज्य पक्षबाटै नागरिकको मानवअधिकार उल्लंघनका घटना भइरहेको र हरेक सूचना पाउने नागरिकको अधिकारलाई कुण्ठित गर्नुका साथै निर्वाध रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने संचारकर्मी अधिकार स्वतन्त्र प्रेसमाथि हस्तक्षेप र दमन बढेकोले संगठनले देशैभर अन्तरक्रिया र भण्डफोर अभियान जारी राखेको जनाएको छ । जनपक्षीय पत्रकारिताको आवश्यकता बढ्दै गइरहेको बेला चलाइएको तालिमले देश र जनताको पक्षमा समाचार लेख्ने विषयमा थप ऊर्जा मिल्ने विश्वास आयोजकले लिएको छ ।
हिजै तालिमको समापन गरिएको छहरु । समापन कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रवक्ता प्रकाण्डले मुलुकमा जनता र देशको पक्षमा समाचार लेख्ने संचारकर्मीको आवश्यकता तीव्र रहेको र यसलाई तालिमबाट निस्कने पत्रकारहरुबाट पूर्ति हुने बताए । देशमा देश र जनताको कुण्ठित पारिएका अधिकार र दुःखबारे लेख्ने संचारकर्मीको अभाव व्यापक बढ्दै गएकोले जनपक्षीय पत्रकारको आवश्यकता तीव्र भएको बताए । त्यसको पूर्ति जनपक्षीय पत्रकारिताले मात्र गर्न सक्ने र त्यसले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउने विचार व्यक्त गरे । प्रकाण्डले तालिममा सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनौ प्रदान गरेका थिए ।
समापन कार्यक्रममा मन्तव्य राख्दै संगठनका अध्यक्ष प्रकाश डुम्रेले तालिमबाट प्रशिक्षित भई आउने पत्रकारहरु उत्पीडन तथा अधिकारविहीन बनाइएका नागरिकको जीवनबारे विषयललाई समाचारको माध्यमबाट उजागर गर्न सफल हुने विश्वास व्यक्त गर्दै जनपक्षीय पत्रकारितामा हामफालेर भूमिका निर्वाह गर्न निर्दैशन दिए ।
कार्यक्रममा नेकपा पोलिटब्यूरो सदस्य एवं पार्टीको पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’लगायत नेताहरुको तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
