समाचार लेखेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु फासीवादः प्रकाण्ड

समाचार लेखेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु फासीवादः प्रकाण्ड

चन्दमाथिको अभियोग झुठा भएको भन्दै मुद्दा नचलाउन दिए चेतावनी

  • बिहिबार, मंसिर १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, १३ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले समाचार लेखेकै आधारमा पत्रकारलाई गिरफ्तार गरेर सरकारले तामासा देखाएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले संचालन गरेको ३ दिने पत्रकारिता तालिमको राजधानीमा समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा विचार राख्दै प्रवक्ता प्रकाण्डले समाचार लेखेको विषयलाई निहुँ बनाएर राज्यले स्वतन्त्र पत्रकारिता पेशामाथि हस्तक्षेप गरेको बताए ।

‘समाचार लेखकै कारण पत्रकारले गिरफ्तार हुनुपर्ने र जैल जानुपर्ने स्थिति दुःखद् कुरा हो । दलाल संसदीय व्यवस्थामा यस्तै हुन्छ । त्यसकारण यसलाई भत्काएर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प छैन’ प्रवक्ता प्रकाण्डले भने ।

प्रताडित जनताले कोही नेतामाथि आक्रोश पोखेको समाचार लेख्न नदिने कानुनी व्यवस्था ल्याउने सत्ता निरंकुश र फासीवादी भएको उनको भनाई छ । ‘नेताबाट धोका पाएका जनताले ती नेतालाई हान्छन् । लखेट्छन् । केही दिनअघि चितवनमा प्रचण्डमाथिको घटना त्योबाहेक केही होइन’ नेकपा प्रवक्ता प्रकाण्डले भने ‘प्रचण्ड नेपाली क्रान्तिबाट कति टाढा भागेका छन् भन्ने कसलाई थाहा छैन न र ? को चाहिं नागरिक आक्रोशित छैनन् देशमा ? अनि आक्रमण भएको समाचार लेख्ने पत्रकारलाई गिरफ्तार गर्ने सरकार फासीवादी नभएर अरु कै हुन सक्छ ?’

दलाल र माफियाहरुको नियन्त्रणमा चलेका राज्यसत्ताले प्रेस स्वतन्त्रतालाई सधैं दमन गर्ने र सत्यतथ्य समाचार बाहिर आउनबाट रौक्ने हर्कत जारी राख्ने भनाई उनको थियो । ‘दलाल र स्वार्थी नेताहरुले आफ्नो चरित्रबारे वास्तविकता बाहिर आउनेबित्तिकै आत्तिने र फासीवादी कानून र बन्दुकको साहारा लिन पुग्छन्’ प्रकाण्डले भने ‘प्रहरी अफिसरहरुलाई भनेका छौं, समाचारको विषयलाई निहुँ बनाएर पत्रकार गोपाल चन्दलाई मुद्दा चलाउने गल्ती नगर्नुस् भनेर ।’ झुठा अभियोगमा मुद्दा नचलाउन पनि उनले चेतावनी दिए ।

चन्दलाई विनासर्त तुरुन्त रिहा गर्न उनले सरकारसँग आग्रह गरे । ‘आक्रमण नभएको भए चितवनमा त्यही घटनामा स्थानीय रामबहादुर रिमाललाई किन गिरफ्तार गरियो ? यसको जवाफ सरकारसँग छ ?’ प्रकाण्डले प्रश्न गरे ।

तस्बीरः ओम हमाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ