पत्रकार चन्दलाई ५ दिन म्याद थप, समाचारबारे छानबिन र कारवाही गर्ने अधिकार काउन्सिललाई मात्र रहेको भन्दै विरोध

पत्रकार चन्दलाई ५ दिन म्याद थप, समाचारबारे छानबिन र कारवाही गर्ने अधिकार काउन्सिललाई मात्र रहेको भन्दै विरोध

  • बिहिबार, मंसिर १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १३ मंसिर ।

पत्रकार गोपाल चन्दलाई ५ दिनको म्याद गरेको छ । चन्दलाई गत गत हप्ता चितवनको एक सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि आक्रमण प्रयाससम्बन्धी समाचार पोष्टपाटी डटकममा साभार प्रकाशित भएको विषयलाई लिएर यही मंसिर ११ गते मंगलबार दिउँसो बसुन्धाराबाट प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई बुधबार काठमाडौं जिल्ला अदालतबाट म्याथ गरी हिरासतमा राखिएको हो । उनी समाचार संकलनकै अवस्थामा उनलाई गिरफ्तार गरिएको थियो । चन्द पोष्टपाटीका प्रबन्ध सम्पादक हुन् ।

प्रकाशित समाचारबारे चित्ता नबुझे वा पीडित पक्षले कानूनी उपचारको बाटो अपनाउन चाहेको खण्डमा सरकारको आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल अस्तित्व रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर कानून उल्लंघन गरेको भन्दै चौतर्फी विरौध जारी रहेको छ ।

पत्रकार चन्दमाथिको अभियोग खारेज गरी सो विषयलाई काउन्सिलले मात्र हेर्न मिल्ने र सो विषय टुंगो लगाउने जम्मा काउन्सिललाई दिनुपर्ने संचारकर्मीहरुले बताएका छन् ।

आफूमाथि लागेको अभियोगमाथि प्रेस काउन्सिलले मात्र हेर्न मिल्ने भएको भन्दै सोबारे पत्रकार चन्दले हिरासतबाटै प्रेस काउन्सिलको ध्यानाकर्षण गराएका छन् ।

चन्दको गिरफ्तारी कानून विपरीत रहेको भन्दै क्रान्तिकारी पत्रकार संगठनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको भत्सर्ना गरेको छ । चन्दलाई बिनासर्त तुरुन्त रिहा गर्न संगठनले माग गरेको छ । साथै छापा र अनलाइन संचारमाध्यमहरुले पनि गिराफ्तारी र अभियोगको विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ