दुल्लु, मंसिर १२ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
भे१च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना भएकाे हाे । मृत्यु हुनेमा उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बम रहेका छन्। उनका अनुसार आज बिहान ८ बजे धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका जनाइएको छ ।