६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्राउ

६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्राउ

  • मङ्लबार, मंसिर ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

दाङ, मंसिर ११

प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा सहकारीका एक व्यवस्थापकलाई दाङबाट पक्रेको छ ।

राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापक व्यवस्थापक रमिता चौधरीलाई प्रहरीले गएराति रकम हिनामिना आरोपमा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले भालुवाङ बजारबाट उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान् सन्तकुमार चौधरी फरार छन् ।

यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ