सहिद स्मारकमा चौथो चरण सुरु हुँदै

सहिद स्मारकमा चौथो चरण सुरु हुँदै

  • सोमवार, मंसिर १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं मंसिर १० । 
सहिद स्मारक ए डिभिजन लिगको चौथो चरण आज सुरु हुदैछ । चौथो चरणको पहिलो दिन आज ३ खेल हुनेछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिभागीय त्रिभुवन आर्मी र संकटा क्लब तथा थ्रीस्टार र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौंको हल्चोकस्थित एपीएफ मैदानमा विभागीय नेपाल पुलिस र च्यासल युथ क्लब भिड्ने छन् । सातदोबाटोमा बिहान ११ बजे त्रिभुवन आर्मी्बिरुद्ध मैदान उत्रदा संकटा, सतप्रतिशत नतिजाको खोजीमा रहनेछ ।

३ खेलको समाप्तिमा उसको ९ अंक छ । तालिकाको चौथो स्थानको आर्मी पनि पहिलो स्थानको मनाङ मस्र्याङ्दी, दोस्रो स्थानको संकटा र तेस्रो स्थानको हिमालयन शेर्पा क्लबलाई पछि पार्दै शीर्ष स्थान ओगट्ने दाउमा हुनेछ ।

तीन खेलको समाप्तिमा आर्मीले २ मा जित र एकमा बराबरी गरेको छ । सोहि मैदानमा दिउसो साढे २ बजे हुने खेलमा पाचौ स्थानको थ्रीस्टारले १२ औं स्थानको न्युरोड टिम एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

पछिल्लो खेलमा मनाङसंग पराजित थ्रीस्टार तेस्रो जितसंगै तालिकामा फड्को मार्ने दाउमा छ । थ्रीस्टारको ६ अंक छ । एक अंक रहेको एनआरटी भने पहिलो जितको खोजीमा छ ।

सोहि समय हल्चोकस्थित एपीएफ मैदानमा बिभागीय पुलिसले च्यासल युथ क्लबको सामना गर्नेछ । समान चार अंक भएका दुबै टोली दोस्रो जित निकाल्दै तालिकामा सुधार गर्ने लक्ष्यमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ