सामानाको क्रान्तिकारी गीतः ‘चमचम गर्ने खुकुरी सान लाउने बेला भो…’ (हेर्नुस् भिडियो)

सामानाको क्रान्तिकारी गीतः ‘चमचम गर्ने खुकुरी सान लाउने बेला भो…’ (हेर्नुस् भिडियो)

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

काठमाडौं, ९ मंसिर ।
सामना साँस्कृतिक परिवारले जनवादी गीत ल्याएको छ । चिरन पुनको शब्द रचना रहेको उक्त जनवादी गीतले क्रान्ति र परिवर्तनको भाव बोकेको सामनाले दाबी गरेको छ।
सोही गीतमा हिजो शनिबार काठमाडौंको प्रदर्शनी मार्गमा नेकपाद्वारा आयोजित विशाल जनसभा कम्ब्याक्ट डे«समा युवायुवतीले सामूहिक नृत्यु प्रस्तुत गरिएको थियो ।
मुख्य वक्ता नेकपाका स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेका उक्त जनसभामा देशभरबाट ५० हजारभन्दा बढी सहभागी समुदायमाझ् प्रस्तुत गरिएको थियो । गीतले क्रान्तिप्रतिको भाव समेट्न सफल भएको र वर्तमान राजनीतिक परिस्थिति उठिरहेको परिर्वतनकारीहरुको आवाजलाई बोकेको सहभागीहरुले प्रतिक्रिया दिए ।
आठ वटा गीत समावेश ‘चमचम गर्ने खुकुरी’ एल्बममा ‘चमचम गर्ने खुकुरी सान लाउने बेला भो, फेरि क्रान्ति उठ्छ जागै बस्ने बेला भो’ लगायत जनपक्षीय गीत समावेश छ । जनयुद्ध सकिएको नभई रोकिएको भावमा प्रस्तुत गीतमा फेरि जंघार तर्ने बेला भो, बारुदसँग खेल्न बेला भो साथै फेरि बन्दुक बोक्ने बेला भो, दुश्मनसँग लड्ने बेला भो…’ जस्ता शब्द र स्वर समावेश छ । गीतले देशमा राष्ट्रघात र जनघात बढिरहेको भन्दै रोक्न आह्वान समेत गरिएको छ ।
गीतमा स्वर बबिता पाख्रिन, निर्माला घिसिङ, चिरन पुन, आरोह नेपाली लागयतले दिएका छन् । यस्तै सोहि एल्वममा कस्ले पुर्यायो, रोल्पाको थवाङ, हजार अप्ठ्यारो, कहाँ झुकेको छ र, नरुनू आमा, आँउ समाउ र जहा दमन हुन्छ बोलका ८ वटा गीत समावेश गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी