के तलाइ ठट्टा गरेजस्तो लाग्छ ?

के तलाइ ठट्टा गरेजस्तो लाग्छ ?

  • आइतवार, मंसिर ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

छोरिहरुलाइ बलात्कार गरेर
उखुबारिमा फालिनु
न्याय नपाएर बाउहरु बहुलाउनु
युद्ध लडेका सिपाहिहरुले
कमान्डरको अगाडी बिस पिउनु
ओ सरकार! के तलाइ ठट्टा गरेजस्तो लाग्छ?
सत्र हजार मान्छेहरु मरेको कुरा?

हेर! त लाखौ मान्छेहरु
बर्सभरिको खेति छोडेर
यो मङ्सिर को जाडोमा
बेप्रबाह गरिरहेछन तेरो सत्ता बिरुद्द
बिद्रोहको अपिल !

दलाल सत्ता मुर्दाबाद?
बैज्ञानिक समाजबाद जिन्दाबाद
आदेस देउ बिप्लब गोलि खान तयार छौ
यो कुनै आबेगमा आएर
यो कोहि बहुलाएर वा
यो कुनै रहरमा लगाएको नारा होइन।
यो आबस्यकता हो ,हो यो बाध्यता हो
यो तेरो सत्ताको चिहानको लागी गरिएको
रातो बिद्रोह को अपिल हो।
ओ साकार के तलाइ ठट्टा गरेजस्तो लाग्यो?

बाउन्न साल फाल्गुन एक गते
पड्किएको चार थान भरुवा बन्दुक न हो
सामन्ती ब्यबस्थाले बन्दुकलाइ गुलेली
जनयुद्ध लाइ ठट्टा सम्झदा
के भयो राजाको हालत?
समय फेरियो
हिजो तिमि कहा थियौ आज कहा छौ
ब्युझ ओ सरकार
नत्र खरानी हुनेछौ
हेर त आज लाखौ मान्छेहरु
तिम्रो खाडल खनिरहेछन।

-बि पि बिद्रोही २०७५/८/९

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी