काठमाडौं, ८ मंसिर ।
नेकपाको जारी जनसभामा जनसभाका प्रमुख अतिथि एवं वक्ता प्रकाण्डले विशाल जनसभालाई सम्बोधन क्रम शुरु भएको छ । नेकपाका स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता समेत रहेका प्रकाण्डले जनसभालाई सम्बोधन गर्दै नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘नेपाली जनताको मुक्तिको लागि लडिरहेको महासचिव विप्लवले नेतृत्व गरिरहेका नेकपा तपाईका छोराछोरीले नेपाली क्रान्तिमा बगाएका रगत र पसिना कुनैपनि कोणमा खेर जान दिँदैनौं । यो सिंगो पार्टीको तर्फबाट प्रतिवद्धता हो’ उनले भने ।
सार्वजनिक कार्यक्रम गर्न दिने ठाउँसमेत दिन नसकेको सरकार फासीवादतर्फ उद्यत रहेको उनले तबाए । प्रकाण्डले पार्टी पाँच वर्षमा प्रवेश गरेको अवसरमा महासचिव विप्लवको शुभकामनाा सन्देश पनिसुनाए । नेकपाको जनपक्षीय कार्यक्रम र नारा देखेर नियोजित रुपमा कार्यक्रम गर्ने स्थल समेत नदिएर गृह प्रशासनले फासीवादी सरकारको इसारामा लाचार प्रकट गरेको उनको भनाई छ । फासीवादी र दलाल सरकारका कारण देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताउँदै त्यो कदम तत्काल नरोकिए सबै जनता राष्ट्रिय मुक्ति सेनामा परिणत हुने चेतावनी समेत उनले दिए ।
पुनर्गठनको अवसरमा नेकपाले शनिबार आयोजना गरेको प्रदर्शनी मार्गमास्थित जनसभामा सम्बोधन जारी छ ।
