काठमाडौं, ८ मंसिर ।
नेकपा (माओवादी)का संयोजक गोपाल किराँतीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लगाएका छन् । संयोजक किराँतीले काठमाडौंको प्रदर्शनी मार्गमा जारी जनसभामा अथितिको रुपमा पार्टीको तर्फबाट धारणा राख्ने क्रममा सो आरोप लगाएका हुन् ।
‘जनयुद्धका बेला प्रचण्डलाई हामीले पनि नेता मानेका हौं । त्योबेला उनले सर्वहारा वर्ग र उत्पीडित समूदायका लागि राम्रो गरेका पनि हुन्’ उनले भने ‘त्यो बेला उनी क्रान्तिकारी थिए । तर उनी अहिले सत्तामा पुगेपछि डाँकामा परिणत भएका छन्’ थप भने ‘डाँकाको उद्देश्य व्यक्तिगत स्वार्थ पूरा गर्ने र त्यसनिम्ति लुट मच्चाउने र सर्वहारा वर्गको सम्पूर्ण सम्पत्ति नीजि बनाएर कुम्ल्याउने कुकर्म गरेका छन् । त्यसकारण उनी जनताको अधिकार र सम्पत्ति लुट्ने डाँकाबाहेक केही होइनन् ।’
नेपाली क्रान्तिको बिचबाट आजसम्म आइपुग्दा विश्व सर्वहारा वर्गको क्रान्तिको निम्ति ‘प्रचण्ड’ प्रवृत्ति उब्जिएको बताए । ‘यो प्रवृत्तिलाई बन्ध्याकरण गर्नुको विकल्प छैन’ किराँतीले भने ‘नेपालमा प्रचण्डले अलपत्रमा पारिएका र धोका दिएका क्रान्तिको झण्डालाई उठाउने आँट विप्लव कमरेडले गरेका छन् । नेकपाले गरेको छ । सलाम छ’ उनले भने ।
त्यस्तै संयोजक किराँतीले एमाले नेपालका भएको हरेक आन्दोलनका पुच्छर भएको धारणा राखे । ‘नाम नेकपा राखेपनि ऊ एमाले नै हो । एमाले देशको परिवर्तन हरेक आन्दोलनमा पुच्छरबाहेक केही भूमिका निभाएन । बरु कांग्रेसले १०४ वर्षे निरंकुश राणा शासन फाल्यो । माओवादीले सय ५० वर्ष लामो सामान्ती राजतन्त्र ढाल्यो’ किराँतीले मन्तव्यमा राख्दै भने । जनसभा चलिरहेको छ । वक्ताहरुले बोल्ने क्रम जारी छ । सामना परिवारले बेजोडसाथ साँस्कृतिक पूस्तुति दिरहेको छ ।
