काठमाडौं, ८ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा नयाँ संघर्षको शुरुवात गर्न ढिलाई गर्न नहुने बताएका छन् ।
नेकपाको केन्द्रीय समितिले पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा जारी विशाल जनसभामा बोल्दै अध्यक्ष कट्टेलले विप्लव नेतृत्वको नेकपाले शुरु गरेको संघर्षको समर्थन गर्दै अब संयुक्त रुपमा मोर्चाबन्दी संघर्ष गर्न पनि जरुरी भएको बताए ।
अरुण तेस्रो जलविद्युत आयोजना सम्झौतामा सरकारले राष्ट्रघात गरेको भन्दै खारेज गर्र्नुको विकल्प नभएको विचार राखे । जनताको बोल्ने र स्वतन्त्रपूर्वक हिडडुल गर्न पाउने अधिकारलाई कुल्चने काम तीव्रतामा गरिरहेको भन्दै भत्सर्ना गरे ।
अब नेपालमा जनताको आन्दोलनको आँधीबेहरी ल्याउन जुट्न र विदेशी हस्तक्षेपबाट राष्ट्रियतालाई बचाउने कुरा एक हुन सबैसँग अपिल गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline