भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले जनसभाको लागि ठाउँ समेत दिएनः सचिव पवन

भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले जनसभाको लागि ठाउँ समेत दिएनः सचिव पवन

  • शनिबार, मंसिर ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं, ८ मंसिर ।

नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ले भ्रष्टाचारमा चुर्लुम्म डुबेको केपी–प्रचण्ड सरकारले नेपाली जनताको क्रान्तिकारी पार्टी नेकपाको शक्ति र परिवर्तनको एजेण्डा देखेर जनतासँग तर्सेर जनसभाको लागि ठाउँ नदिएको भन्दै भत्सर्ना गरेका छन् ।

जनसभाको अध्यक्षता गर्दै छोटो मन्तव्य राख्दै सचिव पवनले जनतालाई सभा गरेर आफ्नो कुरा राख्न समेत नदिएर फासीवादी बनेको पुष्टि भएको बताए । ‘जनतालाई सभा गर्ने ठाउँसमेत नदिई यो सरकार फासीवादी भएको पुष्टि भएको छ’ उनले भने अब सरकारको भविष्य सकिन सुरुभएको छ । कसैले रोक्न सक्दैन ।’

अब उपत्यकाका जनता उठ्न ढिला गर्न हुँदैन । गाउँबाट जनता अधिकारका लागि जागिसकेको र अब शहरका नागरिक निद्राबाट उठ्न जरुरी भएको उनको भनाई छ ।

अहिले पोलिटब्यूरो सदस्य पदम राई ‘विकास’ले स्वागत मन्तव्य राखिराखेका छन् । जनसभाका प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य एवं प्रवक्ता प्रकाण्ड रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ