चितवन, ७ मंसिर ।
बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोकमा आयोजित एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ‘खुकुरी आक्रमण गर्न पुगेका रामबहादुर रिमाल ‘भुपेन्द्र’ले प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् ।
रिमालले प्रचण्डमाथि जनयुद्धका बेला बोकाएको मालेमावाद विचार बेचेर खाएको आरोप लगाएका हुन् । रिमालले बिहीबारको कार्यक्रममा आफूले प्रचण्डलाई आक्रमण गरेको दाबी गरेका छन् । तर आक्रमण रोकेको उनको दाबी छ ।
रिमाल जनयुद्धका सक्रिय कार्यकर्ता हुन् । उनको नाम रामबहादुर रिमाल हो । उनको पार्टीमा भूमिगतकालमा भूपेन्द्र रिमाल नामले चिन्दछन् । अहिले उनी सामान्य जीवन बिताइरहेका छन् । वैचारिक रुपमा उनी माक्र्सवाद लेनिवादप्रति अझै प्रतिवद्धता छन् । मालेमाबारे बहस गर्न समेत उनले प्रचण्डलाई खुला निम्तो दिएका छन् ।
मिर्मिरे अनलाइनमा प्रचण्डमाथि खुकुरी आक्रमणसम्बन्धी समाचार प्रकाशन भएपछि प्रचण्डको सचिवालयको हवाला दिँदै समाचार सत्यता नभएको समाचारहरु आइरहेको बेला रिमालको यो भनाई आएको हो ।
उनले जनयुद्धका उद्देश्य र एजेण्डा त्यागेर जनतामाथि गद्दार गरेको भन्दै तत्कालीन जनयुद्धका नेतृत्व प्रचण्डमाथि गाली गरे । प्रचण्डले जनयुद्धमा परिवर्तनको विचार र सपना बोकाएर अहिले मागेर खानुपर्ने स्थितिमा पुर्याएको भन्दै उनले प्रचण्ड अहिले नक्कली अनुहार बोकेर हिँडिरहेको आरोप समेत लगाए । मिर्मिरे अनलाइनसँग कुराकानी गर्दै रिमालले भने जनयुद्धका बेला वैज्ञानिक विचार बोकाएका प्रचण्ड अहिले राज्यव्यवस्थामा पुगेर पविर्तनका लागि त्याग र दुःख गरेका नागरिकलाई बेवास्ता गरेर हालीमुहाली गरिरहेका छन् । तर युद्ध लडेका मान्छेलाई मागी खानुपर्ने बनाइदिएका छन् उनले भने अहिले उहाँ झुठा मुखुण्डो बोकेर हिँडिरहनुभएको छ ।
आफूले युद्धका बेला भारी बोकेर पार्टीलाई पालेको र परिवर्तनका लागि आफू पार्टीमा लागेको रिमालको भनाई छ । त्यो बेला पार्टीले बोकेको उद्देश्य पूरा नभएको र आफूहरुलाई अलपत्र पारेर प्रचण्ड गलत बाटो बाँटो हिँडेको उनको आरोप छ । युद्धमा धेरै साथी सहिद भएको र बाँचेकाहरुलाई पार्टीले बेवस्ता गरेको तर्क उनको छ ।
प्रचण्ड मुख्य अथिति रहेको बिहीबारको उक्त कार्यक्रममा प्रचण्डलाई आक्रमण गर्ने योजनासहित नै आफू हतियारसहित गएको रिमालले प्रष्टसँग बताए । प्रचण्ड अहिले गुण्डा र भिजिलान्तेहरुको पछि लागिरहेको उनको अर्को आरोप छ ।
आक्रमण गर्ने योजना बनाएर मञ्चतिर आफु हिडेको तर आफूलाई भिजिलान्तेहरुले रोकेको बताए । मेरो हतियार खोसेका छन् । कहाँ छ थाहा छैन उनले भने । हामी पुराना मान्छेलाई सोध्दैनसोधी प्रचण्डले जनमुक्ति सेना बुझाएको उनको आरोप छ । शान्तिप्रक्रिया शुरुसँगै जनयुद्ध लडेर आएका तत्कालीन ३२ हजारभन्दा बढी संख्याका जनमुक्ति सेना (पीएलए)लाई देशभर सात वटा डिभिजन र २१ वटा सहायक ब्रिगेड गरी अस्थायी शिविरमा राखिराखेको बेला २०६९ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारले तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड एवं सुप्रिम कमाण्डर प्रचण्डको निर्देशनमा मध्यरातमा नेपाली सेना खटाएर नियन्त्रणमा लिइएको थियो । प्रचण्डको उक्त कदम जनयुद्धमाथि धोका भएको भन्दै असन्तुष्ट पक्षले विरोध गर्दै आइरहेका छन् ।
आक्रमण भएको छैनः प्रहरी
बिहीबार चितवनको कृष्णचोकमा आयोजित सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड उपस्थित सार्वजनिक कार्यक्रममा कुनै किसिमको घटना नभएको चितवन प्रहरीले जनाएको छ ।
कार्यक्रम पार्टी प्रवेशसम्बन्धी रहेको र त्यहाँ उपस्थित अध्यक्ष प्रचण्डमाथि कुनै किसिमको आक्रमण नभएको जनायो । तर कार्यक्रमस्थल छेउमा मदिरा सेवन गरेर एकजना तथानाम गालीगलौज गर्दै होहल्ला गरेपछि उनलाई समातेर कर्यक्रमस्थलबाट टाढा पठाएको र त्योबाहेक अन्य कुनै घटना नभएको प्रहरीले जनाएको छ । तर होहल्ला गर्ने ती व्यक्ति को थिए ? भन्नेबारे केही खुलाइएको छैन ।
सोही घटनाबारे चितवन प्रमुख जिल्ला अधिकारी (सीडीओ) दीपेन्द्र बस्नतेले पूर्वप्रधानमन्त्री एवं संत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डमा बिहीबार चितवनमा आक्रमणका घटना नभएको बताए । कार्यक्रमनजिक कोही एकजना मान्छे जाँड खाएर हल्ला गरेको सम्मन थाहा बुझिन आएको र त्यस्तो कुनै घटना नभएको मिर्मिरे अनलाइनसँगको कुराकानीका क्रममा सीडीओ बस्नेतले बताए ।- फाइल फोटो