कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रेस काउन्सिल पुरस्कार

कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रेस काउन्सिल पुरस्कार

  • शुक्रबार, मंसिर ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं ।
प्रेस काउन्सिल पुरस्कारबाट नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइनखबरडटकमका सम्पादक अरुण बराल सम्मानित भएका छन् ।

छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले देवकोट र बराललाई ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’बाट सम्मान गर्ने प्रेस काउन्सिल बैठकले निर्णय गरेको हो ।

पुरस्कारको राशि जनही दुई लाख ५० हजार रुपैयाँ रहेको  काउन्सिलले जनाएको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र सानिमा बैंकका सिइओ भुवन दाहाल सम्मिलित पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत सो निर्णय गरेको हो ।

आगामी २४ मंसिरमा एक समारोहबीच पुरस्कार प्रदान गरिने काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ