काठमाडौं, मंसिर ७ । अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।आयोजक एवं साविक विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै फाईनल प्रवेश गरेको हो ।
एन्टिगुवामा आज बिहान भएको खेलमा अस्ट्रेलियाले वेष्ट इन्डिजमाथि ७१ रनको सहज जित हासिल गरेको हो । खेलमा १४३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १७ ओभर तीन बलमा अलआउट हुनुपूर्व ७१ रनमात्रै बनाउन सक्यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४२ रन जोडेको थियो । उसका लागि एलिसा हेलीले ४६ रन तथा कप्तान मेग लानिङले ३१ रनको योगदान दिए ।
अस्ट्रेलियाले अब इङ्ल्यान्ड र भारतबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline