नव एमालेहरुलाइ शहिदको नाम लिने छुट छैन- प्रबिण मिश्र ‘मनिष’

नव एमालेहरुलाइ शहिदको नाम लिने छुट छैन- प्रबिण मिश्र ‘मनिष’

  • बिहिबार, मंसिर ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

ठिक आजकै दिन अर्थात २०६१ मंसिर ६ गते झापालि क्रान्तिकारी आन्दोलने निखारेका दुई उर्जावान युवा नेताहरु अखिल क्रान्तिकारिका तत्कालिन अध्यक्ष र उपाध्यक्ष रमेश सुवेदी र बिष्णु प्रधानको तत्कालिन सत्ता द्वारा परिचालित शाही सेना द्वारा झापाको गौरादहमा गोलि हानी निर्ममता पुर्वक हत्या गरिएको थियो ।

सोहि सन्धर्भमा आज १४ औं स्मृती दिवशको दिन उंहाहरुलाइ स्मरण गर्दा दुख र खुसिले मेरो दिमाग उद्वेलित बनेको छ । सर्व प्रथम म उंहाहरु प्रती सम्मानपुर्वक रातो शलाम अर्पण गर्न चाहान्छु । म यो अर्थमा दुखी छु कि झापाली भुमिले दुई लोक प्रिय युवा नेताहरुलाइ त गुमायो गुमायो उंहाहरुले उठाउनु भएको क्रान्तिकारी बिधार्थी आन्दोलनको मियो समेत भांचिएको छ । त्यति हुंदा हुंदैपनी उंहाहरुकै नाममा राजनितिक ब्यपार गर्ने नव एमाले ९ पुर्व माओबादीहरु० को भगौडा जिवनको राजनैतिक भण्डाफोर गर्दै उंहाहरुले देख्नु भएको सपनालाई पूरा गर्ने अभिभाराको नेतृत्व गर्नु पर्ने अवस्थामा हामी उभिरंहदा उंहाहरुको अभिभारा पूरा गर्ने राजनैतिक जिम्मेवारी प्राप्त हुनुले मलाइ गर्वित तुल्याएको छ यस अर्थमा म खुसी छु । यो परिस्थितिमा तपाईं शहिदहरुको राजनैतिक लक्ष र अपुरो जिम्मेवारीलाई पुन बलिदान दिएरै भएपनी पूरा गरिछाड्ने संकल्प गर्दछु ।

आज देश दलाल संसदिय पुंजिबादको भद्दा दलालीको मार खेपिरहेको छ । रास्टृयता र जनजिविकाको संधर्भ टिठ लाग्दो अवस्थामा छ । आंफुलाइ कम्युनिस्ट र त्यसमापनि समाजबाद उन्मुख भन्न रुचाउने सरकार कथित दुइतिहाइको हवला दिंदै दलाल पुंजिपतिहरुको फेर समातेर निर्लज्ज ढंगले जनताको खुन पिइरहेको छ भन्दा फरक नपर्ला । अर्का तिर रास्टृयता जनतन्त्र र जनजिविकाका मुद्दाहरुलाइ मालेमाबादको बिकसित बैचारिक आलोक९ एकीकृत जनक्रान्तीको कार्यदिशा० द्वारा दलाल पुंजिवादी संसदिय ब्यवस्थाको बिरुद्ध बैज्ञानिक समाजबादको झण्डा उठाउदैं नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिराखेको छ । यस्तो परिस्थिमा हामीले तपाईं शहिदहरु जस्ता क्रान्तिकारी योद्दाको अभावको महसुस गरिराखेका छौं । तथापी भौतिक रुपमा तपाईंहरु हाम्रो सामु हुनुहुन्न तर तपाइहरुले देखाउनु भएको बलिदानि पुर्ण संघर्ष हाम्रो प्रेरणाको श्रोत बनिरहेको छ ।

आज हामी तपाइहरुले बांकी छोड्नु भएको अभिभारालाइ स्थापित गर्न र तपाइका सपना पूरा गर्न जन संघर्षको माध्यम द्वारा जनताको बिचमा जाँदै गर्दा तपाइहरुका नाममा राजनैतिक ब्यपार गर्ने कुत्सित मनसायका साथ राजनैतिक भगौडाहरुले तपाइहरुको स्मरण सभा सम्पन्न गरेको भन्ने थाहा पाउँदा ती अराजनैतिक जथ्थाहरु प्रती प्रतिसोध उत्पन्न भएको छ । जसरि आज दलाल संसदिय ब्यवस्थाको फेरो समाएर तपाइहरुका नाममा राजनैतिक मजाक गरिदैछ बैचारिक रुपमा रमेश सुबेदि, बिष्णु प्रधान र तमाम शहिदहरुको राजनैतिक लिगेसी लिने दुश्साहस गरिदैछ यसले सत्रौं हजार शहिदहरुको बलिदान प्रती प्रश्न चिन्ह खडा गरेको छ । हामिलाइ यो बेला यी र यस्ता प्रबृतिहरुको कडा रुपमा राजनैतिक प्रतिकार गर्नै पर्ने आवश्यता खड्किएको महसुस भएको छ ।

आजको यो परिस्थितिमा महान जनयुद्ध र तमाम मुक्तिकामी आन्दोलनले स्थापित गरेका मूल्य र मान्यताहरुको रक्षा र बिकास गर्ने नैतिक अधिकार हामि ९नेपाल कम्युनिस्ट पार्टी० बाहेक अरु कसैलाइ छैन । हामी यी सम्पुर्ण अवस्थाको बैज्ञानिक र बस्तुबादी संस्लेसण सहित २१ औं शताव्दिको मौलिक जनक्रान्ती ूएकीकृत जनक्रान्तीू को बैचारिक मार्ग निर्देशन र बैज्ञानिक समाजबादी सत्ता स्थापनाको स्पस्ट उदेश्य सहित अगाडि बढिरहेका छौं । यस्तो परिस्थितिमा दुख र सुखको भुमरिको बिचबाट तपाइ शहिदहरुका इच्छा , आंकाक्षा र अभिभाराहरुलाइ राजनैतिक नांग्ले पसल थापेर लिलामी गर्न नदिने पुन प्रतिबद्धता सहित दृढ संकल्प गर्दै रक्तिम अभिबादन प्रकट गर्दछौं । एकीकृत जनक्रान्ति जिन्दावाद । बिर सहिद लालशलाम ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी