धनगढी, ६ मंसिर ।
डडेल्धुरामा यात्रुवाहक बस भयानक दुर्घटनामा परेको छ । दुर्घटनामा परेर अहिलेसम्म १६ यात्रुको मृत्यु भएको जनाएको छ ।
उग्रतारा मन्दिरको जात्रा हेरेर घर फर्किरहेका यात्रु चढेको स्कूल बस केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका वडा नम्बर ११ स्थित रडुवा भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा ३० बढी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार बिहीबार साँझ पौने ७ बजेतिर डोटीमा रहेको पीसजोन विद्या निकेतन स्कूलको से १ क २९३ नम्बरको बस रडुवाको मोडमा दुर्घटनामा परेको हो । घटनास्थलमा रहेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले बस सडकबाट झण्डै पाँच सय मिटर तल खोलामा खसेको जानकारी दिए ।
डडेल्धुरामा हरेक मंसिरमा पर्ने पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । सुदूरपश्चिमका ९ जिल्लाका अतिरिक्त भारत र अन्य प्रदेशबाट पनि दर्शनार्थी उग्रताराको दर्शन गर्न आउने गर्दछन् । डोटीबाट सार्वजनिक यातायातका साधनमा बढी भीड हुने भएकाले त्यहाँका स्थानीयले जात्रा हेर्न स्कुलको गाडी लगेको प्रहरीले बताएको छ । बसमा क्षमताभन्दा बढी यात्रु रहेका दुर्घटना भएको प्रहरीले जनाएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनदेव जोशीले २५ भन्दा बढी गम्भीर घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ ।
मृतकको सनाखत हुन सकेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीयको साथमा अबेर रातिसम्म उद्धार भइरहेको छ । गहिरो खोलामा गाडी पुगेकाले उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । ‘घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।