नयाँश्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो– ढकाल

नयाँश्रम कानुनबाट नेपालमा लगानीको वातावरण बन्यो– ढकाल

  • बिहिबार, मंसिर ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं,६ मंसिर । आइएमई ग्रुपकाअध्यक्षतथारोजगारदाता परिषद्का सभापतिएवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्षचन्द्रप्रसाद ढकालले नेपालमाहालै जारी श्रमसम्बन्धीदुई छुट्टाछुट्टै कानुनका कारण देशमालगानीको वातावरण बनेको बताउनुभएको छ ।
श्रमिकहरुको वर्तमानआर्थिक अवस्थाविषयमाएओटीएसद्वारा जापानको टोकियोमाआयोजितअन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधनगर्दै उहाँले श्रम र श्रमिकहरुको सामाजिक सुरक्षासम्बन्धीकानुनमाभएको नयाँ व्यवस्थाबाट देशमालगानीको वातावरण बनेको धारणा राख्नुभयो ।
नेपालउद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदको अध्यक्षका रुपमाउक्त सम्मेलनलाई सम्बोधनगर्दै ढकालले देशमाउद्योगधन्दाको स्थापना र विकासका साथै वैदेशिकलगानीकालागिपनियीकानुनले नयाँवातावरण सिर्जना गर्ने र श्रमसँगजोडिएका विविध समस्याहलगर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको बताउनुभयो ।
यीनयाँकानुनीव्यवस्थाले श्रमिकसँगजोडिएका विभिन्नखाले समस्या सम्बोधनकालागि समन्वयगर्न महासंघलाई पनि सहयोग पुगेको धारणा उहाँले राख्नुभयो । नेपाल सरकार, रोजगारदाता, श्रमिकहरु आबद्ध ट्रेड युनियनप्रतिनिधितथा नेपालउद्योग वाणिज्य महासंघबीचकोछलफल र परामर्शपछि यीकानुनआएका र नयाँव्यवस्थाबमोजिमश्रमिकलाई दिने सेवा र सुविधाकालागि रोजगारदाताहरु पनि सहमतभएकोले नेपालको श्रम क्षेत्रमा र यसका कारण सिंगो अर्थतन्त्रकै क्षेत्रमायीकानुनले सकारात्मकप्रभावपार्ने उहाँले बताउनुभयो ।
श्रमिकको सामाजिक सुरक्षाकालागिउनीहरुको आफ्नै र रोजगारदाताकातर्फबाट गरिने योगदानले सामाजिक सुरक्षाकानुनतः नै निर्माण भएको र न्युनतमज्यालाको नयाँव्यवस्थाले श्रमका क्षेत्रमा सकारात्मकप्रभावपार्ने उहाँले बताउनुभयो । योगदानमाआधारित यस सामाजिक सुरक्षाकार्यक्रममा रोजगारदाताकातर्फबाट कामदारको शुरु तलबको २० र श्रमिकआफैको ११ प्रतिशतका दरले काटेर सामाजिक सुरक्षा कोषमाजम्मा गरी श्रमिकलाई दिने प्रावधान रहेको छ ।
उपाध्यक्ष ढकालले नेपालमालामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको भन्दै नेपालमालगानीकालागिविदेशीलगानीकर्ताहरुलाई पनिआग्रहगर्नुभयो । श्रमिकका समस्याकाविषयलाई पनि सम्बोधनगर्नेगरी श्रमसम्बन्धीकानुननिर्माण भएका र देशमा राजनीतिक स्थिरता पनिआएकोले नेपालका कैयौँ सम्भावनाका क्षेत्रहरुमालगानीगर्न अब विदेशीलगानीकर्ताका लागि राम्रो र सकारात्मकवातावरण बनेको उहाँले बताउनुभएको हो ।
सो सम्मेलनमाविश्वका १४ देशका रोजगारदाताकम्पनीतथा प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको टोकियोबाट ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ