बन्दुकको अपरिहार्यता – सुमनसिह पौडेल

बन्दुकको अपरिहार्यता – सुमनसिह पौडेल

  • बिहिबार, मंसिर ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

जनबिरोधी राज्य सत्तालाइ लेफ्टिस्ट हरुको नेतृत्वमा परिवर्तन गर्दा १९१७ मा सम्पन्न अक्टोबर क्रान्ती र १९४९ मा सम्पन्न चिनिया जनयुद्धको मोडेलनै अनुशरण र अनुकरण गर्नु पर्ने मोडेलको रुपमा स्थापित छन । रुसको क्रान्तिले बैज्ञानिक समाजबाद र चिनिया क्रान्तिले नया जनबादी राज्य ब्यबस्थाको चरित्र स्थापित गर्यो र सोहि अनुरुप राज्य परिचालन संगै सुदृढ सत्ताको रुपमा बिकाश हुन सफल बन्यो ।

उक्त मुलुकहरुमा रुसले मजदुर बर्ग र चिनले किसान बर्ग माथी भर परेर क्रान्ती सम्पन्न गरेको इतिहास छ । यसो हेर्यो भने मजदुरबाट छोटो समय र किसान बाट २७ बर्ष लामो संघर्षको प्रकृयामा क्रान्ती भएको देखिन्छ ।

कुन मोडेल बाट क्रान्ती गर्न सकिन्छ भन्ने बिसयमा संसारका धेरै देशहरुमा बहस चलेको छ । रसियन मोडेल बाट गर्ने कि चिनिया मोडेल बाट रु खास गरेर चिनिया दिर्घकालिन जनयुद्धको मोडेललाइ अनुकरण गर्ने र सोहि अनुरुपका बिशेषताहरुको खोजी गर्दै क्रान्तीकारी कार्यदिशाको निर्माण गर्ने र क्रान्तिको निम्ति आवश्यक संघर्ष अगाडि बडाउने विषयनै मुख्य बन्ने गरेको छ । र बहस यहि ओरिपरीबाट हुने गरेको पाइन्छ । नेपालमा १० बर्से दिर्घकालिन जनयुद्ध पनि चिनिया मोडेल बाट अभिप्रेरित थियो । जसको दुखान्त बिघटन भैसकेको छ । हिजोकै बिशेषताको कडि बाट मात्र क्रान्तिको खोजी गरिनु र त्यसमै बहस गर्नु अहिलेको समयमा बैज्ञानिक हुन सक्दैन । त्यसैले नेकपा माओबादी पार्टीले एकिकृत जनक्रान्तिको कार्यदिसालाइ नेपाली बिसेसता अनुरुप समृद्धीकरण गर्ने प्रयत्न गरेको छ ।

जसमा नेपाली समाज, यांहा देखिने मुख्य र साहायक अन्तर्बिरोध, र यसले निम्त्याएका समस्या प्रभाव र सम्बन्ध हरुलाइ मिहिन ढङगले हेर्ने प्रयत्न गरिएको छ ।

यसलाइ यसरी भनिएको छ १। नेपाल सानो र भुपरिबेस्ठित मुलुक भएको २। नेपालमा पछिल्लो समय बिकसित गांउ र शहर बिचको सम्बन्ध ३। नेपाली जनताहरुमा देखिएको मध्यम बर्गिय बिकाश ४। जाती जनजाती र दलित हरुको उत्पिडन र बसोबास ५। नेपाली समाज, अर्थ तन्त्र र हरेक अङ्गमा हाबी हुन आइपुगेको दलाल पुंजिबाद ६। बैदेशिक हस्तक्षप र उक्त हस्तक्षप बाट देशभक्त तथा रास्ट्रबादीहरुमा देखिएको बिद्रोही मानसिकता र प्रभाब

यिनै बिसेसताहरु अहिले नेपालि समाजमा मौलिक र मुख्य रुपमा रहेका छन । यसर्थ यिनै बिशेषता तथा अन्तर्बिरोध हरुलाइ गहिरो गरेर अध्यन गर्दै अत्यचारले पिल्सिएको नेपाली समाज र रास्ट्रलाइ दलाल संसदिय पुंजिबादी सत्ताको पंजाबाट मुक्त गर्ने गरि आवश्यकिय कार्यदिशा निर्माण र प्रयोग गर्नु र सोको आत्मासात गर्दै नेपाली क्रान्तिको रथ हाक्ने हिम्मत गर्नुनै अहिलेको आबश्यकता हो ।

नेकपा माओबादिका महासचिब क। बिप्लब द्वारा लिखित एकिकृत क्रान्ती पुस्तकमा उल्लेखित राज्य सत्ता र बन्दुक उपशिर्षकमा कार्ल मार्क्सको कोटेसन छ । जसमा भनिएको छ( ू मजदुर बर्गले आफ्नो मुक्ती प्रप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नु पर्छू । यो भनाइको सान्धर्भिकता सम्बन्धी जुन ब्यख्या भएको छ त्यसले नेपालको दलाल संसदिय पुंजिबादि सत्ताले लादेका अन्याय र बिभेदको बिरुद्ध बन्दुक आबश्यक छ भन्ने नै हो ।

जनताहरु खान नपाएर, लाउन नपाएर भोक भोकै मर्ने स्थिती बनि सक्यो तर दलाल सत्ता पैसा कुम्ल्याउन अनेकन हत्कण्ठा अपनाइरहेको छ । उसलाइ नागरिक हरुको मौलिक हक अधिकारको कुनै पर्बाह छैन । यसरी हैरानी खेपेर पिंडादायी जीवन बिताइरहेका आफ्ना नागरिकहरुले बिरोधमा बिद्रोह गर्नुलाइ , आवाज उठाउनुलाइ अपराध हो भन्ने बुझाइ छ उनिहरुको । आफु द्वारा संचालित कथित बैधानिक सुरक्षा संयन्त्र र बन्दुकलाइ एकलौटी रुपमा जनताको बिरुद्ध प्रयोग गर्ने गर्छन त्यो गरिरहेकै छन ।

दलाल पुंजिबादको दादागिरिको कारण आज रास्ट्र, जनता र नेपाली अर्थतन्त्र कमजोर बनेको स्थिती छ । एकल सिण्डिकेट र कर्पोरेट खडा गर्दै जनता माथी शोषण गरिंदैछ । बैदेशिक हस्तक्षप बडेर गएको छ । जसलाइ बर्तमान दलाल सत्ताले झनै बडवा दिइरहेको छ ।

के यो दलाल पुंजिबाद र यो पुंजिबादी राज्य सत्ताले जायज माग, मौलिक अधिकार, रास्टृयताको रक्षा सम्बन्धि जनताले ब्यक्त गरेको चिन्तालाइ अपराधको रुपमा बुझ्न मिल्छ रु लिपुलेक हाम्रो हो भन्नु लाइ अपराधको रुपमा बुझ्न मिल्छ रु सुर्खेत र जाजरकोटका जनताले जुन माग राखेर लडाइ लडेका छन के त्यो अपराध हो र नागरिक हरुलाइ गोलि ठोकियो रु लिपुलेकमा झण्डा गाड्ने बिधार्थी अपराधि हुन र गिरफ्तार र यातना सहित फर्काइयो रु लिपुलेक हाम्रो हो भनेर संघर्समा उतृएका नेकपा माओबादिका कार्यकर्ता अपराधी हुन र दमन गरिन्छ रु दलित हरुले आफ्नो माग अगाडी ल्याउदा दमन किन गरियो त रु

राज्य सत्ता आफ्नो पुंजिबादी चरित्र र अन्यायपुर्ण शृंखलाको बचावट गर्न बन्दुक बोकेर अगाडी आएको छ । यो कदापी न्यायोचित र जनमुखी बन्न सक्दैन र होइन । जनतालाइ बन्दुक र दमनको बलमा तह लगाउने सपना देखेको सत्ता के बन्दुक बिहिन भएर एक मिनेट रहन सक्छ रु उसलाइ उसको शासन सत्ता टिकाउन बन्दुक चाहिन्छ भने जनतालाइ त्यो अपराध राज्यको शासन हत्याउन बन्दुक नचाहिने भन्ने कुरा आउछ र रु
हो त्यसैले मओले भने झै बन्दुकको बलमा टिकेको राज्य सत्ता बन्दुकको बलबाटै हत्याउनु पर्छ । आज नेपाली जनताले उठाएका सम्पुर्ण जाएज माग र मुद्धाहरुलाइ संस्थागत गर्न, जित्न र टिकाउनको निम्ती बन्दुक अपरिहार्य छ , अनिवार्य छ ।

३० श्रावण २०७२ शनिवार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी