गृहमन्त्री बादलमाथि पूर्वलडाकूको आक्रोश, मन्त्रालयभित्रै विष सेवन

गृहमन्त्री बादलमाथि पूर्वलडाकूको आक्रोश, मन्त्रालयभित्रै विष सेवन

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौं, ५ मंसिर ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि पूर्वलडाकूले आक्रोश पोखेका छन् । शान्ति प्रक्रिया सुरुवातसँगै अस्थायी शिविरमा राखिएका बेला बादल आवद्ध माओवादी पार्टीकै सरकारको पालामा अयोग्य ठहर्याएर घर फर्काइएका पूर्वलडाकू (तत्कालीन जनमुक्ति सेना)का एक सदस्य कुलप्रसाद भट्टराईले बादलकै अगाडि विष सेवन गरेर आक्रोश पोखेका छन् ।

भट्टराई गृहमन्त्रीलाई भेट्न बुधबार दिउँसो कार्यालय समयमा सिंहदरबार पुगेका थिए । मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विषको भाँडा झिकेर खाएका थिए । तत्काल सुरक्षा मिलेपछि पूरै विष सेवन गर्न नपाएको र त्यसलगत्तै उपचारका वीर अस्पताल लगिएको थियो ।

हाल वीरमा उपचार गराइरहेको जनाइएको छ । प्रचण्ड–बादल सरकारको बागडोर सम्हाल्ने ठाउँमा पुग्दा पनि आफूहरुको अपमान खारेजबारे ठोस निर्णय नगरेको भन्दै पूर्वलडाकुहरुले आक्रोश पोख्दै आइरहेको बेला यो घटना भएको छ । देशभर गरी हाल पाँच हजारको हाराहारीमा पूर्वलडाकु रहेको अनुमान छ ।

जनयुद्धमा जीवन मरणको लडाई लडेर योगदान दिएको भन्दै त्यसको बदला पार्टी र राज्यले आफूहरुको मागलाई बेवास्ताा गरेको भन्दै उनीहरुले नेपाल बन्दजस्ता विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ