अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि फ्रान्सको संघर्षपूर्ण जित

अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि फ्रान्सको संघर्षपूर्ण जित

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, मंसिर ५ ।
विश्व विजेता फ्रान्सले अन्तर्रा्ष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । आज विहान पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १(० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरे । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलअवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो ।

पहिलो हाफसम्म फ्रान्सलाई बराबरीमा रोकेको उरुग्वेले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि विश्वविजेता फ्रान्सले १–० गोलले जित हात पारेको हो ।

यो खेलमा विश्वकपको हिरो किलियन एम्बाप्पे लडेर घाइते भए । उरुग्वेका गोलरक्षकसँग ट्याकल गर्ने क्रममा उनी मैदानमा लडेका थिए । उनको काँधमा चोट लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ