प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि

प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि

  • बुधबार, मंसिर ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, मंसिर ४ ।
प्रथम राष्ट्रिय नोभिष बक्सिङ प्रतियोगिता आजदेखि सुरु हुँदै छ । आगामी ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा हुनेछ ।

नेपाल बक्सिङ संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले गर्नेछन् ।

प्रतियोगितामा १९ वर्ष मुनिको महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० केजी तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै १९ देखि २४ मुनीको महिलामा ५१, ५४, ५७, ६० र ६४ केजीका तौल समूह समावेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ