-आलोक माबोहाङ लिम्बू/४ मंसीर, ताप्लेजुङ ।
ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको सिमानामा पर्ने किराती समुदायको धार्मिक तथा पर्यटकीय गन्तब्यस्थल मेन्छ्यायेप डाँडामा लिम्बू समुदायबीच बिबाद बढेको छ । उक्त धार्मिकस्थलमा किरात साम्यो र युमा साम्योबीच बिदाद बढेको हो ।
किरात साम्योका अनुयायीहरूले सोमबार एक प्रेस बिज्ञप्ति जारि गर्दै, युमा साम्योका अनुयायीहरूको धार्मिक सहिषुणता बिपरितका हर्कतको कडा रुपमा बिरोध गर्दै, चर्को चेतावनीसँगै बिबाद बढेको हो । किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङ, तेह्रथुम, संखुवासभाका प्रतिनीधि र किरात साम्यो मेन्छ्यायेप युमा माङहिम सेवा समितिद्वार सोमबार मेन्छ्यायेम डाँडामा पुगेर, संयुक्त बिज्ञप्ति जारि गरिएको छ ।
बिज्ञप्तिमा ‘युमा माङहिम निर्माणधिन अबस्थामा युमा साम्योका साथिहरूले २०७५ साल कार्तिक ३० गतेका दिन यस युमा माङहिम परिसरमा पत्रकार सम्मेलन गरि, किरात धर्मावलम्बीहरूद्वारा निर्माण गरिएको भौतिक संरचनाहरू भत्काउने, पूजापाठको लागि गाडिएका माङनिशा, साम्योनिशाहरू उखेलेर फ्याँक्ने, काटेर फाल्ने लगायतका धार्मिक सहिषुणता बिपरितका हर्कत गरेका छन् । सो कार्यप्रति सम्पूर्ण किरात धर्मावलम्बि लगायत सुभचिन्त खेद ब्यक्त गर्दछ । यसै सन्दर्भमा यस किसिमको कार्य भएको खण्डमा किरात साम्यो मेन्छ्यायेप युमा माङहिम सेवा समिति, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जस्तोसुक आन्दोलन गर्ने प्रतिबद्धता सहित अबिलम्ब यस्ता धार्मिक सहिषुणता बिपरितका कृयाकलाप रोक्न अनुरोध गरिन्छ ।’ भनिएको छ ।
युमा साम्योका अनुयायिरूले गत कार्तिक ३० गते, एक पत्रकार सम्मेलन गरि, मेन्छ्यायेप डाँडामा कुनै पनि मानब निर्मित संरचना बनाउन नहुने जिकिर गरेको छ । पत्रकार सम्मेलनपछि ति युमा साम्योका अनुयायीहरूको नेतृत्व गरेका तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका मेयर अर्जुनबाबु माबुहाङको समुहले किरात साम्योद्वारा ३ दशकअघिदेखि गाडिएको धार्मिक संरचना, झण्डा र पूजापाठ गर्न बनाईएको संरचनाहरू उखेलेर फ्याँकेको किरात साम्योका अनुयायिहरूको आरोप छ ।
पत्रकार सम्मेलनमा बोल्दै किरात धर्म तथा साहित्य उत्थान संघ, ताप्लेजुङ सचिब ज्ञानु लिम्बूले धार्मिक स्थल साझा भएको हुनाले कसैले कसैलाई निशेध गर्न नहुने बताए । बौद्धिक तहको ट्याग लगाईएका लिम्बू समुदायबाट के आशा राख्ने ? भनेर प्रश्न गरे । संखुवासभाका प्रतिनीधि रत्न लिम्बूले लालिगुराँस नगरपालिका प्रमुखले आफ्नो बेइज्जत आँफैले गरेको बताए । लिम्बूले धार्मिक बिषयमा बिबाद गर्न नहुने र बिबाद नगरिकन मिलेर जानुको बिकल्प नभएको बिचार ब्यक्त गरे । किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय सदस्य भानु वनेमले राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरबाट आन्दोलन गर्न तयार रहेको बताए । यदि युमा साम्योका साथिहरूको हर्कत दोहोरिएको खण्डमा राम्रो नहुने चेतावनी दिए ।
त्यस्तै, पत्रकार सम्मेलनका प्रमुख अतिथि ललित बहादुर सोदेम्बाले लालिगुराँस नगरपालिका प्रमुख माबुहाङको हर्कत संबिधानभन्दा माथिको काम भएको बताए । नगर प्रमुखलाई भित्ति र बाँदरको चरित्र भएको बताए । उनले भने, यो डरलाग्दो कुरो पैदा भयो । बढि लेखित्ना पनि भित्ति भइदियो भने काम दिँदोरैनछ, यो काम भित्तिको काम भयो, किन भने, संबिधानभन्दा पनि माथिको काम भयो । कसैले गरेका काममा बाधा गर्नु, भत्काउनु र मास्नु हुँदैन ।’ लिम्बूले लालिगुराँस नगर प्रमुख तर्फ संकेत गर्दै, आफैले बनाएको घर भत्काउने बाँदरको चरित्र भएको संज्ञा दिए । जनताको प्रतिनिधी भएर जनतालाई संबिधानतः दिएको अधिकार बमोजिम काम गर्दा किन संरक्षणको साटो नस्ट गर्ने काम गर्नु ? प्रश्न गरे । उनले नेपाल सरकारलाई संबैधानिक ब्यबस्था अनुसारको मौलिक अधिकारलाई संरक्षण गरिदिन समेत माग गरे ।
मेन्छ्यायेप कोक्मा (डाँडा) आदिम किरात समुदायको धार्मिक तथा ऐतिहासिक स्थल भएको दाबि मुन्धुमसाबाहरू बताउँछन् । किरात साम्जिक मुन्धुम अनुसार मुख्य इस्टदेब युमाको बिबिध रुपमध्ये बयस्क (तरुण) रुप यस क्षेत्र वा भूगोलमा प्रकट भइ, घुमफिर गर्ने स्थलको भएको धार्मिक बिश्वास गरिन्छ । सोहि अनुरुप यसक्षेत्रमा किरात साम्योद्वारा झण्डै ३ दशकअघिदेखि पूजापाठ तथा भौतिक निर्माण कार्य गर्दैअएको छ । त्यसपछि उँधौलीउँभौली पूजा पनि किरात साम्योद्वारा गरिँदै आएको तेह्रथुम जिल्लाको तत्कालिन श्रीजुङ गाविस अध्यक्ष मेन्छ्यायेप युमा माङ्हिमसम्म जानको लागि गोरेटोबाटो निर्माणको लागि १० हजार रुपैयाँ बजेट बिनियोजन गरि भौतिक संरचना निर्माणको प्रारम्भ भएको हो । त्यसपहिछ बिभिन्न संरचनाहरू धमाधम बनिरहेका छन् ।
युमा साम्योका केहि अनुयायिहरूले प्राकृतिक धार्मिक तथा पर्यटकीय स्थलहरूमा कृतिम भौतिक संरचना बनाउन नहुने जिकिर गर्दै आएको छ । जस अनुरुप कार्तिक ३० गते, पत्रकार सम्मेलन गर्दै, किरात धर्मावलम्बिहरूले बनाएका र राखेका आधादर्जजबढि धार्मिक निशाहरूमा तोडफोड गरेका छन् । पत्रकार सम्मेलनमा ३ ओटा जिल्लाका ५० बपढि किरातधर्मावलम्बि र संचारकर्मीको सहभागिता थियो ।