नेपाल कम्युनिस्ट पार्टी कैलालीले मङ्सिर ८ गतेको जनसभाको प्रचारप्रसार स्वरुप सोमबार कैलालीमा मोटरसाइकल र्याली निकालेकाे छ ।
पार्टि स्थापना दिवशका अवसरमा काठमाणडाैमा अायाेजना हुने जनसभामा सहभागि हुन अपिल गर्दै नेकपा नेता कार्यकर्ताकाे सहभागीतामा र्याली निकालिएकाे कैलाली इन्चार्ज विवेकले जानकारी दिनुभयाे ।
यसअघि नै घाेषित कार्यक्रम अनुसार काठमाडौँमा हुन गइरहेको जनसभामा सहभागी हुन अपिल तथा प्रचारप्रसारसहित र्याली तथा प्रदर्शन गरिएको हो ।
यता दाङ र चितवनमा पनि अाजै माेटरसाइकल र्याली निकालिएकाे थियाे । तुलसीपुर देखि घोराही सम्म झण्डा सहित र्याली गरिएको नेकपा दाङ इन्चार्ज सविनले जानकारी दिनुभयाे ।
त्यस्तै चितवनमा पनि सोमबारै मोटरसाइकल जुलुस निकालेको छ । मेघौली बजारबाट बिहान ८ बजे शुरु भएको जुलुस चनौली, शारदानगर, रामपुर हुँदै मंगलपुर बजारमा पुगेर समापन भएको नेकपा चितवनका सेक्रेटरी धुर्वले बताउनुभयाे ।




