८ गतेको जनसभामा सडक तताउँदै जनसांस्कृतिक महासङ्घ, ६ गते राष्ट्रिय कविगोष्ठी

८ गतेको जनसभामा सडक तताउँदै जनसांस्कृतिक महासङ्घ, ६ गते राष्ट्रिय कविगोष्ठी

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, ३ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गगठन दिवसको सन्दर्भ पारेर यही मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको विशाल जुलुस र जनसभामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आफ्नो सम्पूर्ण शक्ति सडकमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
महासङ्घका अध्यक्षसमेत रहेका नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज माइला लामाको अध्यक्षतामा सोमबार काठमाडौँमा बसेको तयारी बैठकले उक्त निर्णय गरेको हो ।
कार्यक्रममा महासङ्घको केन्द्रीय टोली सामना परिवार जनप्रदर्शनदेखि जनसभासम्म क्रान्तिकारी सांस्कृतिक कार्यक्रम लिएर अग्रमोर्चामा सहभागी हुने भएको छ ।
बैठकमा उपाध्यक्ष शोभा दुलाल, महासचिव खेम थपलिया, सचिव अशोक सुवेदी, कोषाध्यक्ष आरोह नेपाली, महासङ्घका ६ वटा आङ्गिक सङ्गठनका अध्यक्ष र संयोजकहरु, अखिल नेपाल ललितकला सङ्घका अध्यक्ष अग्निराज पौडेल ‘अराप’, अखिल नेपाल जनकलाकार सङ्घका संयोजक ढुण्डीराज अधिकारी, अखिल नेपाल चलचित्रकर्मी सङ्घका संयोजक विवेक सापकोटा, अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घका संयोजक केशाङ लामालगायत उपस्थित थिए । बैठकमा सामना परिवारका सदस्यहरू, केन्द्रीय सदस्य र उपत्यकामा उपलब्ध सांस्कृतिक मोर्चाका सदस्यहरूसमेत उपस्थित थिए ।
महासङ्घको केन्द्रीय समितिले मङ्सिर ८ गतेको जनसभा र प्रदर्शनको पूर्वसन्ध्यामा ६ गते नै काठमाडौँमा बृहत् कविगोष्ठी आयोजना गर्ने भएको छ ।


राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई केन्द्रमा राखेर बृहत् कविगोष्ठी आयोजना गरिएको र गोष्ठीमा सहभागिताका लागि देशभक्त, क्रान्तिकारी, प्रगतिवादी स्रष्टाहरूलाई आह्वान गरिएको महासङ्घले जनाएको छ । महासङ्घको एक आङ्गिक सङ्गठन अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन यही मङ्सिर १० गते काठमाडौँमा हुने जानकारी महासङ्घले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ