बोक्सी आरोपमा फेरि ७३ वर्षीया वृद्धामाथि कुटपिट र दुर्व्यवहार

बोक्सी आरोपमा फेरि ७३ वर्षीया वृद्धामाथि कुटपिट र दुर्व्यवहार

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

धादिङ, ३ मंसिर ।बोक्सी को आरोप मा धादिङमा फेरि वृद्ध माथी कुटपिट भएको छ । सिद्धलेक–४ गौंथलेमा एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुर्व्यवहार गरिएको हो । कुटपिटबाट उनी गम्भीर घाइते भएकी छिन ।

स्थानीय ७३ वर्षीया एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई दुर्व्यवहार र निर्घात कुटपिट गरिएको हो। गम्भीर घाइते रहेकी उनलाई थप उपचारका लागि काठमाडौंको स्टार अस्पतालमा भर्ना गरिएको छ।

गत कार्तिक २८ गते साँझ ७ बजे ३ जना धामी र एक सैनिक जवान मिलेर उनलाई बोक्सी आरोपमा मलमुत्र खुवाई निर्घात कुटपिट गरिएको पीडितका आफन्तले बताए।

कुटपिटमा संलग्न चारै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न सेनाका जवान मगरले भाग्ने प्रयास गरे पनि प्रहरीको सक्रियतामा उनलाई पक्राउ गरिएको छ। पीडित परिवारका अनुसार घाइते लायोलाई गोबर र दुबो समेत खुवाइएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ