ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, मंसिर ३ ।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार तीनवटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा दुई र एपीएफ मैदानमा एक खेल भएपछि लिगको दोस्रो चरण सकिनेछन् ।

एन्फा कम्प्लेक्स मैदानमा एघार बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् । संकटाले पहिलो खेलमा जित हात पार्दै तीन अंक जोडिसकेको छ भने जावलाखेल पहिलो खेलमा पराजित भएको थियो ।

सातदोबाटोमा नै सवा दुई बजे हुने दोस्रो खेलमा फ्रेण्डस क्लब र एपीएफ क्लब आमने सामने हुँदैछन् ।पहिलो खेलमा एपीएफ बराबरीमा रोकिएको थियो । फ्रेण्डसले भने पराजय भोगेको थियो ।

एपीएफ मैदानमा हिमालयन शेर्पा क्लब र सरस्वती क्लब पनि खेल्दैछन् । पहिलो चरणको खेलमा सरस्वती पराजित भएको थियो भने हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक अंक जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ