तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

दार्चुला, मंसिर ३ । दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार वर्षमै निर्माण सक्नेगरी सुरु गरेको दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्ज्याङसम्मको एक सय ३५ किलोमिटर सडक खण्ड निर्माण वर्षौंदेखि कछुवा गतिमै छ । अहिलेसम्म यो सडकको ४० किलोमिटर ट्र्याक खोलिएको छ।

त्यस्तै २०६८ सालदेखि नेपाल सरकारको सडक विभागले चाँडै सक्नेगरी निर्माण थालेको बझाङ सदरमुकाम चैनपुरदेखि उरै भन्ज्याङ नाका (ताक्लाकोट) सम्मको एक सय १७ किलोमिटर सडक खण्ड पनि सुस्तै छ । २०६८ अघि ड्रिलिपले सदरमुकाम चैनपुरदेखि रुपातोलासम्मको १८ किलोमिटर ट्र्याक खोलिसके पनि त्यसपछि जिम्मा लिएको सडक विभागले आठ वर्षमा रुपातोलादेखि क्रिकिट्टेसम्म १२ किलोमिटर मात्रै ट्र्याक खोलेको छ। नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ