गाईको पनि जन्म, बसाइसराइ र मृत्यु दर्ता !

गाईको पनि जन्म, बसाइसराइ र मृत्यु दर्ता !

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, मंसिर ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि गाईको जन्म, बसाइसराइ र मृत्यु दर्ता गर्ने भएको छ ।

अनुत्पादक भएपछि चौपाया सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएपछि नगरपालिकाले त्यसलाई रोक्न नयाँ उपाय निकालेको हो ।

गाईको विवरण दर्ता गराएबापत किसानले भत्तासमेत पाउनेछन् । छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीमा नोक्सानी हुने समस्या बढेपछि त्यसलाई रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको नगरपालिकाले जनाएको छ ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र अनुत्पादक भएपछि गोठबाट निकालेर छोडिदिने परिपाटीले हैरान भएपछि नगरकार्यपालिकाको बैठकबाट यस्तो नीति लिइएको हो । –राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ