ट्रिपरले बालकको ज्यान लियो, बाबु घाइते अवस्थामा

ट्रिपरले बालकको ज्यान लियो, बाबु घाइते अवस्थामा

  • आइतवार, मंसिर २, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

चितवन, २ कार्तिक ।

मालवाहक सवारी ट्रिपरले एक बालकको ज्यान लिएको छ । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आइतबार बिहान ट्रिपरको ठक्करबाट भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी ४ वर्षीय छोरा अहिल आलमको ज्यान लिएको हो ।

मृतकका बाबुछोरा भारतीय नागरिक भएको बुझिएको छ । छोरालाई लिएर बाबु पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नम्बरको ट्रिपरले साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट सकडमा ढलेका बाबुछोरामध्ये उपचारका लागि अस्पतला लैजाँदै गर्दा बाटोमै छोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गीतानगरले जानकारी दिएको छ ।

साइकल चालक बाबु आलम सामान्य रहेका छन् । नियन्त्रणको सरकारी विभिन्न उपायका बाबजुद पनि ट्रिपरले ज्यानको लिने क्रम अझै रोकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ