भरुवा बन्दुकले हानेर छोरा र श्रीमतीको हत्या

भरुवा बन्दुकले हानेर छोरा र श्रीमतीको हत्या

  • आइतवार, मंसिर २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २ कार्तिक ।

रुकुममा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् । हत्या निर्मम तरिकाले गरेको बताइएको छ ।

पश्चिम रूकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १, बल्लेजुराका ४९ वर्षीय शक्तिबहादुर बुढाले आइतबार बिहान साढे ७ बजेको समयमा भरेर तयारी अवस्थामा राखिएको भरुवा बन्दुकले हानेर श्रीमती इन्द्रकला र छोरा स्वयमप्रकाशको घरैमा हत्या गरेका हुन् ।
बन्दुक हानेपछि पनि दुवै जनालाई धारिलो हतियार प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती ४२ वर्षकी र छोरा ११ वर्षका छन् । हत्या गर्ने बुढालाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ