आईसीसी महिला टी–२० विश्वकप स् अष्ट्रेलियामाथि भारतको जित

आईसीसी महिला टी–२० विश्वकप स् अष्ट्रेलियामाथि भारतको जित

  • आइतवार, मंसिर २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, मंसिर २ ।
आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई हराएको छ । अष्ट्रेलियालाई ४८ रनले हराउँदै भारत समूह बीको विजेता बनेको छ ।

वेष्ट इण्डिजको प्रोभिडेन्समा भउको खेलमा टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि स्मृति मन्धनाले ८३ रनको उत्कृष्ट इनिङ खेलिन् ।

यस्तै हर्मनप्रित कौरले ४३ रन जोडिन् । बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङतर्फ एलिसे पेरीले ३ विकेट लिइन् भने डेलिसा केमिन्स र अश्लेघ गार्डनरले २–२ विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा चार बलमा ११९ रनमा अलआउट भयो । यसअघि नै सेमिफाइनलमा पुगिसेकेको अष्ट्रेलियाका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

उसका लागि एलिसे पेरीले दिएको अविजित ३९ रनको योगदान नै सर्वा्धिक रन थियो । अश्लेघ गार्डनरले २० र बेथ मुनिले १९ रन जोडे ।

अष्ट्रेलियालाई कम स्कोरमा रोक्नका लागि अनुजा पाटिलले ३ विकेट लिइन भने दिप्ती शर्मा, राधा यादव र पुनम यादवले २–२ विकेट लिए । अर्को खेलमा न्युजिल्याण्डले आयरल्याण्डमाथि ८ विकेटको सान्त्वना जित हात पा¥यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ