ए डिभिजन लिगः पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज आज भिड्दै

ए डिभिजन लिगः पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज आज भिड्दै

  • आइतवार, मंसिर २, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, मंसिर २ ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज हुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

११ बजेदेखि सुरु हुने खेलमा दुई टिम जितको खोजिमा हुनेछ । आफ्नो पहिलो खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो । मचिन्द्र क्लबले भने च्यासल युथ क्लबसँग बराबरी खेलेको थियो ।

त्यस्तै, एन्फा कम्प्लेक्समा आजै हुने दोस्रो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा नै फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थ्रीस्टार आजको खेलमा पनि स्पष्ट जितको खोजिमा हुनेछ ।

यता, ब्रिगेड ब्वाइज पनि थ्रीस्टारसँग अंक खोस्ने लक्ष्यमा रहेको छ । खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ