भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

  • आइतवार, मंसिर २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

वीरगन्ज, मंसिर २ ।
टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन् । श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

बलात्कृत भएको दुई दिनपछि एक युवकले मोबाइलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरूलाई पनि देखाइदिने भन्दै धम्काए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिइन् । मुद्दा प्रहरीकोमा आएपछि आरोपित फरार छन् ।
थ्बmबजब

कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ । गाउँका प्रभावशाली एकै खलकका यी व्यक्ति २० देखि ३५ वर्ष उमेरका हुन् । मनोजको धान मिल छ । त्यस दिन उनीहरू झन्डा मेलाबाट फर्किंदा मदिरा पिएर आएका थिए ।

‘घरमा पैखाना छैन । हामी महिलाहरू कि सबैजना सुतिसकेपछि, कि अरू नउठ्दै आफू निस्कनुपर्छ,’ उनले कान्तिपुरसँग भनिन्, ‘पिसाब फेर्न गएका बेला चारै जनाले जबर्जस्ती गरे ।’ बलात्कार भएको थाहा पाए गाउँघरमा नराम्रो नजरले हेर्ने भएकाले कसैलाई नसुनाएको उनले बताइन् । ‘चुप थिएँ तर भिडियो देखाएर १५ हजार रुपैयाँ माग्न आए,’ उनले भनिन्, ‘आकाशले भिडियो देखाएपछि झसंग भएँ । एक त बलात्कार गरे, त्यसमाथि भिडियो बनाएर पैसाको बार्गेनिङ गर्न थाले । त्यही भएर प्रहरीमा निवेदन दिएँ ।’

प्रहरीमा मुद्दा दिलाउन सहयोग गरेकी गाउँकी सामाजिक कार्यकर्तालाई अहिले विभिन्न किसिमको दबाब आइरहेको उनले सुनाइन् । ‘पाँच लाख रुपैयाँ र ५ कट्ठा जमिन लिएर मिलापत्र गर्न दबाब आएको छ,’ उनले भनिन्, ‘तर मलाई कानुनी उपचार चाहिएको छ ।’ स्थानीय जयमंगल हजराले भने, ‘मिल्न दबाब आइरहेको छ ।’ उनका अनुसार टोलका भद्रभलाद्मीकै पहलमा बलात्कारको मुद्दा दर्ता गराइएको हो । कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ