आज देखि नेपालगञ्जमा ‘नो हर्न’

आज देखि नेपालगञ्जमा ‘नो हर्न’

  • शनिबार, मंसिर १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बाँके, कात्तिक ३० ।
नेपालगञ्जलाई हर्न निषेधित शहर बनाउने तयारी गरिएको छ । बढ्दो सवारी चापका कारण ध्वनी प्रदुषण बढेपछि नेपालगञ्जलाई ‘नो हर्न’ क्षेत्र बनाउन लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले शनिबार मंसिर १ गतेदेखि नेपालगञ्जलाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिनुभयो ।

शनिबार बिहान १० बजेदेखि जमुनाह नाकाबाट हर्न निषेधित क्षेत्रको औपचारीक सुरुवात गरिने छ । हर्न निषेधित क्षेत्र कायम भएसँगै मंसिर महिनाभर चालक, परिचालकलगायत सम्बन्धित व्यक्तिहरुलाई हर्न निषेधका विषयमा कार्यक्रम गरेर सचेत गरिने प्रहरी निरीक्षक रोकायले बताउनुभयो ।

‘नो हर्न’ शहर बनाउनका लागि सरोकारवाला निकायबीच छलफल भएको छ । ‘पहिलो चरणमा एक महिनासम्म सम्बन्धित व्यक्तिलाई सचेत गर्ने कार्यक्रम गर्दैछौं’, प्रहरी निरीक्षक रोकायले भन्नुभयो, ‘पुसदेखि हर्न बजाउनेलाई कानुन अनुसार कारबाही गरिनेछ ।’

सचेतनामुलक कार्यक्रम अन्तर्गत नेपालगञ्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ्ग बोर्ड राख्ने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकाय सबैसँग छलफल गर्ने र नगरलाई हर्न निषेधित बनाउन अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने प्रहरी निरीक्षक रोकायले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ