टी–२० महिला विश्वकपमा दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरियो

टी–२० महिला विश्वकपमा दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरियो

  • शनिबार, मंसिर १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, मंसिर १ ।
आईसीसी टी–२० महिला विश्वकप अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको छ ।
इंग्ल्याण्डसँग सात विकेटको पराजय भोग्दै दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ ।

दक्षिण अफ्रिकालाई हराउनका लागि इंग्ल्याण्डकी अन्या श्रुबसोलले ह्याट्रिक गरिन् । टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका १९.३ ओभरमा ८५ रनमा अलआउट भयो । उसका लागि चोल ट्रियोनले २७ र मिगन डु प्रिजले १६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ नताली स्किभर र अन्या श्रुबसोलले तीन–तीन विकेट लिए भने क्रिष्टि गोर्डनले दुई विकेट हात पारिन् । श्रुवसोलले २०औं ओभरको पहिलो बलमा शब्निम इस्माइललाई बोल्ड गरिन् भने दोस्रो बलमा मासाबाटा क्लासलाई क्याचआउट गराइन् ।

तेस्रो बलमा योलानी फुरीलाई बेल्ड गर्दै श्रुवसोलले ह्याट्रिक गरिन् । ८६ रनको लक्ष्य इंग्ल्याण्डले १४.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा र्गयो । इंग्ल्याण्डको जितमा ड्यानी वेटले २७ रनको योगदान दिइन् भने ट्यामी बेमाउन्टले २४ रन जोडिन् ।

हिथर नाइट र एमी जोन्सले १४–१४ रन बनाए ।पराजित दक्षिण अफ्रिका तीन खेलबाट २ अंक बनाउँदै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ ।

इंग्ल्याण्ड भने सेमिफाइनल नजिक पुगेको छ । उसले तीन खेलबाट पाँच अंक बनाएको छ । यो समूहमा तीन खेलमा जितविहीन बंगलादेश पनि बाहिरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ