क्रान्तिकारी पत्रकार संगठनको अन्तरक्रिया कार्यक्रम दमकमा जारी

क्रान्तिकारी पत्रकार संगठनको अन्तरक्रिया कार्यक्रम दमकमा जारी

  • शुक्रबार, कार्तिक ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

झापा, ३० कार्तिक ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आज झापाको दमकमा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।

‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतता’ विषयक बृहत् अन्तरक्रिया शुक्रबार दमकमा जारी रहेको संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

मुलुकमा बढ्दै गइरहेको मानवधिकारको उल्लंघन र स्वतन्त्र प्रेसमाथि हस्तक्षेपको विषयमा सराकोरवाल र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महासचिव विष्टले बताए । कार्यक्रममा अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, बुद्धिजीवि, महिला, सुरक्षा निकाय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सहभागी छन् ।

संगठनले गत मंगलबार पूर्वको ताप्लेजुङको फुङलिङ र बिहीबार मोरङको विराटनरगमा अन्तरक्रिया सम्पन्न गरिसकेको छ । यसअघि काठमाडौं उपत्यकादेखि चितवन हुँदै सुदूरपश्चिमको कञ्चनुरसम्म क्षेत्रमा कार्यक्रम सम्पन्न गरिसकेको छ । जनकपुर, सिन्धुली, काठमाडौं, चितवन, पोखरा, नवलपरासी, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अन्तरक्रिया पूरा गरिसकेको संगठनले जनाएको छ ।

गत असोज २ गते दाङमा सम्पन्न संगठनको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार असोज ४ गतेदेखि अन्तरक्रिया देशैभर जारी छ ।

यस्तै संगठनले उदयपुर, वीरगन्ज, हेटौडालगायत क्षेत्रमा पनि अन्तरक्रिया गर्ने भएको छ । संगठन नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठन हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ